Monday, August 20, 2012

श्रीमतीलाई आफ्नै श्रीमान्ले मारेको खुलासा

भरतपुर । चितवनको माडी गर्दीमा घरको चोटाबाट लडेर ज्यान गएको भनिएकी एक महिलाको आफ्नै श्रीमान्को कुटपिटबाट मृत्यु भएको खुलासा भएको छ ।
स्थानीयवासी र मृतक महिलाका माइती पक्षले सानो घरको झुप्रो मात्रै भएको र चोटा नभएकाले श्रीमान्ले नै कुटपिट गरेको जनाएपछि अनुसन्धानमा यस्तो फेला परेको चितवनका प्रहरी नायव उपरीक्षक रविराज पौडेलले जानकारी दिनुभयो ।
गएको भदौ १ गते राति चोटाबाट लडेको भनेर उपचारका लागि ल्याइएकी २१ वर्षीया सरिता परियारको भदौ २ गते उपचारका क्रममा भरतपुरमा मृत्यु भएको थियो । श्रीमान् नारायण परियारले चोटाबाट लडेको प्रहरीमा जानकारी गराएपछि सोहीअनुसार परीक्षण गरेर शव बुझाइएको थियो ।
तर मृतकका माइतीपक्षले कुटपिटबाट मृत्यु भएको जाहेरी दिएपछि आइतबार उनलाई पक्राउ गरी चितवन प्रहरी कार्यालय ल्याइएको र मुद्दा दर्ता भइसकेको प्रनाउ पौडेलले बताउनुभयो ।
साँझ रक्सीले मातेर घर आएपछि घरायसी विवादका कारण उनलाई कुटपिट गरेको र बेहोस भएको मृतकका श्रीमान् परियारले स्वीकारेको उहाँले जानकारी दिनुभयो ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी