Monday, August 20, 2012

छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु

४२ जना घाइते, त्रिशूलीमा तीन बेपत्ता

भरतपुुर । नवलपरासी र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने तीन जना नदीमा बेपत्ता भएका छन् ।
नवलपरासीको अरुणखोलामा आइतबार राति यात्रुबस र मालबाहक भारतीय ट्रक एकआपसमा ठोक्ँिकदा ६ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा बैतडी घर भएका बसका चालक मदनसिंह रावल, काठमाडौंका बासुदेव जोशी र भारत मोतीहारीका लालजी पासवान रहेका छन् । अन्य तीनको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परी अन्य ४२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १०९२ बस र विपरीतदिशाबाट आइरहेको युपी ५३ बीटी ९३८७ नम्बरको भारतीय ट्रक नवलपरासी जिल्लाको अरुणखोलानजिक महेन्द्र राजमार्गस्थित जंगलमा एकआपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।
दुर्घटनामा चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकोेले उनीहरुलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको र अन्य घाइतेहरुको मनकामना पोलिक्लिनिक अरुणखोला र मध्यविन्दु अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले बताएको छ ।
यसैबीच । नवलपरासीको अमरापुरी गाविसको भित्री सडकमा सोमबार ट्र्याक्टर पल्टिँदा  एकजनाको ज्यान गएको छ । ना१त ४६२० नम्बरको ट्र्याक्टरका चालक अमरापुरी–८ बस्ने १८ वर्षीय शैलेस विकको दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ ।
यता, धादिङको जोगिमारामा त्रिशूली नदीमा ट्रक खस्दा तीन जना बेपत्ता भएका छन् । हेटाँैडाबाट काठमाडौ जाँदै गरेको अण्डा बोकेको लु १ ख ४९४२ नम्बरको ट्रक आइतबार राति त्रिशूली नदीमा खस्दा ट्रक चालक मकवानपुरका सुवास पौडेल, सहचालक तनहूँका दीपक गुरुङ र रवि गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको छ । नदीमा पानीको बहाव बढी भएकाले खोजीकार्य प्रभावित भएको बताइएको छ ।
छतबाट खसेर ज्यान गयो
यसैबीच मकवानपुर जिल्लाको हेटाँैडा–९ पिप्लेमा घरको छतबाट खसेर एक युवकको ज्यान गएको छ  ।
पिप्लेका ३५ वर्षीय विकास अर्यालको घरको छतमा परेवालाई दाना दिन जाने क्रममा चिप्लिएर लडेपछि गम्भीर घाइते भएका अर्याललाई उपचारका लागि हेटाँैडा अस्पताल लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी