भरतपुर । नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले एकीकृत नेकपा
माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जोकरको
संज्ञा दिनुभएको छ । रामपुर क्याम्पसमा अखिल क्रान्तिकारीद्वारा सोमबार
आयोजित कार्यक्रममा बोल्दै उहाँले विभिन्न स्थानमा आफू अनुकुल अभिव्यक्ति
दिएर जोकर बन्ने काम गरेको आरोप लगाउनुभयो ।
‘जनजातिहरुसँग कुरा गर्दा एकल जातीय पहिचानमा हुन्छ भन्ने । गैरजनजातिहरुसँग एकल जातीय पहिचानका कुरा हामीले भनेको होइन भन्ने । अनि चितवन आउँदा अखण्ड चितवन र सुदूरपश्चिम पुग्दा अखण्ड सुदूरपश्चिम पनि भन्ने, दाङ बर्दियामा पुगेर थारुलाई पनि तिमीहरुकै राज्य दिन्छु भन्ने’, अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. भट्टराइप्रति संकेत गर्दै उहाँले थप्नुभयो, ‘यस्तो कुरा कसले गर्न सक्छ ?, त्यो त जोकरले मात्रै गर्ने हो ।’
सिनेमामा जोकरको भूमिका नभएजस्तै अब नेपाली राजनीतिमा पनि प्रचण्ड र बाबुरामको भूमिका निस्तेज हुँदै गएको उहाँको टिप्पणी थियो । ‘माओवादी नेताहरु भनेपछि सबैलाई नायक नायिकाजस्तो लाग्थ्यो । तर अहिले त उनीहरु नै खलनायक खलनायिका भइरहेका छन्’, महासचिव बादलले भन्नुभयो ‘राष्ट्रियताका सवालमा धेरै गम्भीर त्रुटिहरु गरेर माओवादी नेतृत्वले अहिले खलनायकको भूमिका निर्वाह गरिरहेको छ । ’
सिनेमामा खलनायक र खलनायिकाले गलत काम गरे जसरी नै नेपाली राजनीतिमा माओवादी नेतृत्वले पनि गलत काम गरेको उहाँको टिप्पणी थियो । ‘सबैभन्दा ठूलो गलत काम भारतसँग विप्पा सम्झौता गर्नु हो । विप्पाले नेपालको राष्ट्रियता खतरामा पारेको छ’, उहाँको थप पुष्ट्याइ छ, ‘अहिले माओवादीको नेतृत्व भारतले जो भन्यो त्यो मान्ने भएको छ । माओवादीको सिद्धान्त भनेको भारतपरस्त हुनु हैन तर नेताहरु भारतपरस्त भइरहेका छन् । उनीहरुले जे भन्यो त्यही मानिरहेका छन् ।’
‘एसडी मुनीले भरखरै सार्वजनिक गरेको पुस्तकमा पनि प्रचण्डजीलाई पुरानो आँखाले हेर्न हँुदैन भनेका छन्’, माओवादी नेतृत्व अहिले भारतपरस्त भएको आरोप लगाउँदै उहाँले थप्नुभयो, ‘प्रचण्डजीले पनि भारतसँग विशेष सम्बन्ध छ भनेका छन् तर माओवादीको सैद्धान्तिक कुरा भारतसँग विशेष सम्बन्ध राख्ने हैन । राष्ट्रियताका सवालमा भारतसँग पनि झुक्न हँुदैन भन्ने हो ।’
माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. भट्टराईलाई नवसंशोधनवादीको संज्ञा दिँदै उहाँले उनीहरुले नै देशको चाबी भारतलाई बुझाएको दावी गर्नुभयो । राष्ट्रियताको सवालमा माओवादी नेतृत्वको सरकार चुकेको बताउँदै महासचिव थापाले प्रधानमन्त्रीले भारतलाई देशको चाबी बुझाएर हराएको भन्दै खोज्नका लागि सिद्धिको चेपाङ गाउँ आएर नाटक गरेको भन्दै ब्यङ्ग्य गर्नुभयो । उहाँले राष्ट्रियताका सवालमा आफूहरुले छाडेको माओवादीसँग भन्दा काँग्रेस एमाले र पञ्चसँग सहकार्य हुन सक्ने संकेत गर्नुभयो ।
‘राष्ट्रियताका सवालमा आवश्यक परे जुनसुकै शक्तिसँग पनि कार्यगत एकता हुन सक्छ’, उहाँको भनाइ थियो, ‘काँग्रेस, एमाले र पञ्च नै किन नहोस् ।’ विप्पा सम्झौता खारेज नगरेसम्म एकीकृत नेकपा माओवादीसँग भने सहकार्य गर्न नसकिने उहाँको स्पष्टोक्ति थियो ।
‘एकता, एकता, एकता केका लागि एकता ?’, बादलले आक्रोशित हँुदै प्रश्न गर्नुभयो, ‘हामीले माओवादीको सिद्धान्तको घर छाडेका छैनांै । उहाँहरु (प्रचण्ड बाबुराम) माओवादीको सिद्धान्तको घरमा फर्किएमात्रै एकता सम्भव छ ।’
अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष सुशील न्यौपानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा–माओवादी चितवनकी सेक्रेटरी शोभा कट्टेल, नेपाल प्राध्यापक संगठनका अध्यक्ष डा. नवराज देवकोटा, कृषि तथा वन विश्वविद्यालयका रजिष्ट्रार डा. सूर्यकान्त घिमिरे, विद्यार्थी नेता लालबहादुर तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई अबिर लगाएर स्वागत गरिएको थियो ।
यसअघि, बादलले प्रचण्डकोे नेतृत्वमा गठन भएको मोर्चा सत्ता टिकाइराख्ने खेलमात्र भएको आरोप लगाउनुभएको छ । सोमबार बिहान पूर्वी चितवनको रत्ननगरमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनेक्रममा उहाँले मोर्चाले राजनीतिक निकासभन्दा पनि संकट गहि¥याउने दावी गर्नुभयो । नेता बादलले मुलुकमा जारी संवैधानिक संकट समाधानको लागि आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताउनुभयो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete