Tuesday, August 14, 2012

पूर्वमन्त्री खड्का भ्रष्टाचारी ठहर, डेढ वर्ष कैद

 ९४ लाख ७४ हजार रुपैया“ बिगो र त्यति नै जरिवाना

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री खुमबहादुर खड्कालाई भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्È कैद सजाय सुनाएको छ । उनलाई ९४ लाख ७४ हजार १२२ रुपैया“ बिगो र त्यति नै जरिवाना भराउने निर्णय गरेको सर्वोच्चले जनाएको छ ।
विगत पाँच वर्षदेखि सर्वाेच्चमा विचाराधीन सो मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय कल्याणप्रसाद श्रेष्ठ र वैधनाथ उपाध्यायको संयुक्त इजलासले पूर्वमन्त्री खड्कालाई पदीय आचारणविपरीत भ्रष्टाचार गरेको अभियोगमा सो सजाय सुनाएको हो ।
अख्तियारले ४ कात्तिक २०५९ मा विशेÈ अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । विशेÈ अदालतका तत्कालीन अध्यÔ न्यायाधीश भूपध्वज अधिकारी र सदस्य न्यायाधीश कोमलनाथ शर्मा तथा चोलेन्द्रशमशेर जबराले २९ कात्तिक २०६३ मा खड्कालाई सफाइ दिएका थिए ।
अख्तियारले दुई करोड ३६ लाखभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको दावी गरेपनि विशेÈ अदालतले १२ लाख बराबरको सम्पत्तिको मात्र स्रोत नखुलेको फैसला सुनाएको थियो । खड्काले १२ लाख रुपैयामात्र अनियमितता गरेको ठहर भएपनि उनले सफाइ पाएका थिए ।
२०४८ सालदेखि पटकपटक मन्त्री बनेका खड्काले गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध सर्वोच्चमा भ्रष्टाचारको मुद्दा चलिरहेको थियो ।
२०४७ सालपछि पटकपटक मन्त्री बनेका खड्काले सार्वजनिक पदको दुरुपयोग गरी दुई करोड ३६ लाख ८७ हजार रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग अख्तियारले लगाएको थियो । विशेÈ अदालतले खड्कालाई सफाइ दिने फैसला सुनाएपछि अख्तियार पुनरावेदनका लागि सर्वोच्च पुगेको हो ।
खड्काको पÔबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, सुशील पन्त, बद्रीबहादुर कार्की, बार अध्यÔ प्रेमबहादुर खड्का, शेरबहादुर केसी र भीमार्जुन आचार्यले बहस गरेका थिए ।
अख्तियारले स्रोत नखुलेको दुई करोड ३६ लाख रुपिया“ बराबर सम्पत्ति देखाएपछि त्यसको बचाउ गर्न खड्काले कृÈि आम्दानी, मन्त्री हु“दा विदेश भ्रमणबाट बचेको रकम र श्रीमतीको माइतीतर्फबाट आएको दाइजोलाई मुख्य आयस्रोतका रुपमा दावी गरेका थिए ।
भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा परेको ९० दिनभित्र फैसला हुनुपर्ने हो तर सर्वोच्चको बेवास्ताका कारण खड्काको मुद्दा पा“च वर्Èपछि छिनोफानो भएको छ । लामो समयपछि अदालतमा विचाराधीन खड्काको भ्रष्टाचार मुद्दामाथि मंगलबार अन्तिम फैसला भएको हो ।
यसैबीच, मुद्दा फैसलालाई प्रभावित पार्न दाङ, रौतहट र नवलपरासीबाट उनका दुई सयभन्दा बढी समर्थक राजधानी भित्रिएका थिए । काँग्रेस दाङ जिल्ला सभापतिसहित डेढ सय नेता–कार्यकर्ता तीनवटा बस रिजर्भ गरेर ‘फैसला सुन्न’ राजधानी आएका हुन् । नवलपरासी र अन्य मध्यपश्चिमका जिल्लाबाट पनि दर्जनौंको संख्यामा उनका कार्यकर्ता राजधानी आएको स्रोतले बतायो ।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैधनाथ उपाध्यायको संयुक्त इजलासले वर्Èौं लामो बहसपछि उनको मुद्दाको अन्तिम किनारा लगाउने मिति तय गरेका थिए ।
यसअघि भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले सजाय काटिसकेका छन् भने पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले सजाय भोगीरहेका छन् ।

खड्काको समर्थनमा नाराबाजी  

 काठमाडौं । पूर्वमन्त्री खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै कैद र दण्डजरिवाना सुनाएपछि आक्रोशित समर्थकले प्रदर्शनसहित तोडफोड र नाराबाजी गरेका छन् ।
सर्वोच्च अदालत परिसरमा बाहिर रहेका समर्थक र काँग्रेस कार्यकर्ताले खड्काको पÔमा नाराबाजीसमेत गरेका थिए । उनीहरुले केही सवारीसाधनमा तोडफोड गरेका छन् । समर्थकको नाराबाजी र प्रदर्शनका कारण रामशाह पथको यातायातसमेत प्रभावित भएको छ ।
प्रदर्शन र तोडफोडमा संलग्न केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ । ठूलो मात्रामा रहेका सुरÔाकर्मीले स्थितिलाई सामान्य बनाउन प्रयास गरेको छ ।



 
 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी