सलमान खानको पछिल्लो बलिउड फिल्म एक था टाइगरले बक्स अफिसमा धमाका मच्चाउने
क्रममा नयाँ रेकर्ड कायम गरेको छ । अगष्ट १५ मा रिलिज भएको फिल्मले सुरुको
३ दिनमा ५९ करोड भारु कमाइ गर्दै रिलिजको पहिलो हप्ता सबैभन्दा बढि कमाइ
गर्ने बलिउड फिल्म बन्न सफल भएको छ । बलिउडको इतिहासमा अहिलेसम्म कुनैपनि
फिल्मले रिलिज भएको पहिलो हप्तामै ५९ करोड कमाउन सकेका थिएनन् ।
रिलिजको दिनमा ३२.९२ करोड भारु कलेक्सन
गरेको एक था टाइगरले दोश्रो दिन १४.५५ करोड कमायो । त्यस्तै शुक्रबार
फिल्मको कलेक्सन १.७५ करोड रह्यो । सबै गरेर सुरुवाती तिन दिनमा एक था
टाइगरले ५९.२२ करोड भारु कलेक्सन गर्न सफल भएको छ । पहिलो दिन भन्दा अरु
दुइ दिन फिल्मको कलेक्सन स्वात्तै घटेपनि शुक्रबारको सुधारले एक था टाइगरले
बलिउडमा एउटा मात्र नभएर अरु धेरै किर्तिमान बनाउने सम्भावना देखिएको
फिल्म विश्लेषकहरु बताउँछन् । पहिलो दिनको कलेक्सन निकै आश्चर्यजनक थियो
जुन बलिउड बक्स अफिसको ऐतिहासिक कलेक्सन थियो । यसले ऋतिक रोशनको अग्नीपथ
तथा शाहरुखको रावनको रेकर्ड सजिलैसँग तोडेको छ । स्मरण रहोस् ओपनिङ डे मा
अग्नीपथले २३ करोड तथा रावनले २५ करोड कलेक्सन गरेका थिए ।
निकै उत्साहजनक सुरुवात गरेको एक था
टाइगरको कमाइ सोमबार इदको अन्तिम दिनसम्ममा आकाशिने अपेक्षा धेरैको छ । तर
त्यसपछि भने फिल्मले कति कलेक्सन गर्न त्यो भनिहाल्ने अवस्था छैन ।
vie : onlinekhabar
No comments:
Post a Comment
Thanx for your comment