Thursday, August 23, 2012

विद्युत् चोरीका २२ आरोपी पक्राउ

रत्ननगर । नेपाल विद्युत् प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले बिहीबार विद्युत् चोरी गरी बालेको आरोपमा २२ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
चुहावट नियन्त्रण अभियानको टोलीले पूर्वी चितवनको खैरहनी र बछौली गाविसबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने पाँच महिला र  १७ पुरूष रहेको प्राधिकरणका सुपरभाइजर जयन्तीप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
टोलीले विद्युत् चोरी गर्ने उपभोक्ताबाट एकथान एलसीडी, एकथान पानी तान्ने मोटर र एकथान पंखा बरामद गरेको प्राधिकरणका फोरमेन विष्णु नेपालले जानकारी दिनुभयो । बिहान ५ बजेदेखि सुरू गरिएको अभियानमा जनपथ प्रहरी दुई जना, १३ जना सशस्त्र प्रहरी र ३० जना प्राधिकरणका कर्मचारी सहभागी थिए ।
अभियानका क्रममा मिटर बाइपास र केबुल कट गरी विद्युत् चोरी गरेको पाइएकोे प्राधिकरणका फोरमेन नेपालले जानकारी दिनुभयोे । विद्युत् चुहावट नियन्त्रण अभियान सुरू भएयता ३०० जना ग्राहकलाई विद्युत् चोरी गरी बालेको आरोपमा कारबाही गरिएको र उनीहरुबाट जरिवाना स्वरुप साढे दस लाख रुपैयाँ संकलन भएको टा“डी वितरण केन्दका प्रमुख श्रीराम पोखरेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी