भरतपुर खानेपानी संस्थानलाई भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा गाभ्ने
निर्णय कार्यान्वयन नभएको भन्दै दबाब स्वरुप भरतपुर खानेपानी संस्थानमा
तालाबन्दी गरिएको छ ।
भरतपुर नगरपालिकाको नेतृत्वमा भरतपुर खानेपानी व्यवस्थापन बोर्ड संयुक्त संघर्ष समितिले संस्थानको भरतपुर शाखाको महसुल काउन्टर, लेखा शाखा र कार्यालय प्रमुखको कार्यकक्षमा बिहीबार तालाबन्दी गरेको हो ।
सरकारसँग संस्थानको सम्पत्ति तथा दायित्व बोर्डमा हस्तान्तरण गर्ने सहमति भएपनि संस्थानले सरकारको आदेशविपरीत हस्तान्तरण गर्न नमानेपछि दबाब स्वरुप तालाबन्दी गरिएको संयुक्त संघर्ष समितिका संयोजक रामराज पौडेलले जानकारी दिनुभयो ।
समितिले बिहीबारै खानेपानी संस्थानको बोर्डमाथि खानेपानी व्यवस्थापन बोर्डको बोर्ड पनि टाँगेको छ । बोर्डमा संस्थान हस्तान्तरण नभएसम्मको लागि खानेपानी नियमित वितरणमा भने कुनै अवरोध नहुने बताइएको छ । समितिले संस्थान बोर्डमा हस्तान्तरण नभएसम्म खानेपानी महसुल संस्थानमा भुक्तानी नगर्न नगरवासीलाई आग्रहसमेत गरेको छ ।
उता, खानेपानी संस्थान भरतपुरले भने बोर्डले नै अवैधानिक तबरले काम गरको आरोप लगाएको छ । हस्तान्तरण प्रक्रिया ढिलो हुनुमा संस्थानको गल्ती नभई बोर्डकै गैरजिम्मेवारीका कारण समय लम्बिएको खानेपानी संस्थान भरतपुरका अध्यक्ष जितेन्द्र सिंहले बताउनुभयो ।
अहिले भरतपुर नगरपालिकामा भरतपुर खानेपानी संस्थान र भरतपुर खानेपानी व्यवस्थापन बोर्ड दुबैले उपभोक्तालाई सेवा दिँदै आएका छन् ।

No comments:
Post a Comment
Thanx for your comment