Thursday, August 23, 2012

सुविधाको चिनी बिक्रीवितरण सुरू

भरतपुर । बजारमा चिनीको अभाव भइरहेका बेला साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले चिनी आयात गरेको छ । भारतबाट सुविधामा आयात गरिएको चिनी साल्ट ट्रेडिङले चितवनमा पनि बिक्रीवितरण सुरू गरेको छ ।
बजारमा चिनीको अभावले मूल्य आकासिएका बेला त्यसलाई नियन्त्रण गर्न साल्ट ट्रेडिङले आफ्नै बिक्री कक्ष र सहकारी संस्थाहरुमार्फत चिनी बिक्री वितरण सुरू गरेको हो । हरेक निर्वाचन क्षेत्रमा एक÷एकवटा सहकारी संस्थालाई चिनी बिक्रीका लागि जिम्मेवारी दिइएको छ ।
नारायणगढ शाखाका प्रमुख बुद्धिविनोद दाहालका अनुसार साल्ट ट्रेडिङले बिक्रीवितरण गरेको सुविधाको चिनीको मूल्य ट्रेडिङमा पुगेका ग्राहका हकमा ७४ रुपैयाँ ५० पैसा र सहकारीमा पुगेको हकमा ७६ रुपैयाँ मूल्य कायम गरिएको छ ।
अहिले चितवनमा ५० किलोका चार हजार ५०० बोरा चिनी आइपुगेको छ । केही दिनमा बजारमा चिनीको सहज हुने दाहालले बताउनुभयो । प्रतिव्यक्तिे ६ किलो र सहकारीबाट १० किलोसम्म चिनी बिक्री गरिने व्यवस्था मिलाइएको साल्ट ट्रेडिङले जनाएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी