Thursday, August 23, 2012

‘ठूला दलले आफूलाई परिवर्तन नगरे समाप्त’

भरतपुर । सहकारी तथा गरिवी निवारण मन्त्री एकनाथ ढकालले ठूला राजनैतिक दलहरुले आफूहरुलाई समयअनुसार परिवर्तन गर्न नसके उनीहरुको अस्तित्व समाप्त हुने चेतावनी दिनुभएको छ ।
नेपाल परिवार दलका चितवनको आयोजनामा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै पार्टीका अध्यक्षसमेत रहनुभएका ढकालले यस्तो चेतावनी दिनुभएको हो ।
राजनीतिक द्वन्द्वका कारण देशको विकास हुन नसकेको उहाँले बताउनुभयो । ‘ठूला दलहरुले देशलाई राजनीतिक द्वन्द्वमा फसाएका छन्’, मन्त्री ढकालले भन्नुभयो ‘यदि उनीहरु समयको मागलाई सम्बोधन गरेर देशलाई राजनीतिक निकास दिन सकेनन् भने डायनोसर जस्तै लोप हुनेछन् ।’
अबको निकासका लागि नयाँ राजनीतिक शक्तिको उदय आवश्यक रहेको समेत उहाँले दावी गर्नुभयो । ‘देशको वर्तमान आवश्यकतालाई सम्बोधन गर्नका लागि वैकल्पिक राजनैतिक शक्तिको आवश्यकता छ’, ढकालले भन्नुभयो, ‘अबको वैकल्पिक दल भनेको नेपाल परिवार दल नै हो ।’
एक अर्काे प्रसंगमा उहाँले वर्तमान सरकारको विकल्प नै नरहेको दावी गर्नुभयो । ‘अहिलेको सरकारले नै देशमा आमूल परिवर्तन ल्याउँछ’, उहाँले भन्नुभयो, ‘सहमतिको सरकार अहिले सम्भव नभएको कारण यसको विकल्प अहिले नै खोज्नु हुँदैन ।’
सरकार अहिले देशमा देखिएको गरिवी निवारणका लागि छिट्टै कार्यक्रमहरु ल्याउन लागेको मन्त्री ढकालले जानकारी दिनुभयोे । कार्यक्रम दलका चितवन अध्यक्ष अनिल खनियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैबीच मन्त्री  ढकालले सहकारी विकासका लागि क्षमतावान् जनशक्तिको विकास गर्नुपर्ने बताउनुभएको छ । बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार गैँडाकोटमा गरेको ‘स्थानीयस्तरमा सहकारी संस्थाको प्रबद्र्धन र विकासका लागी सरोकारवाला निकायको भूमिका’ विषयक अन्तत्र्रिmया कार्यक्रममा ढकालले यस्तो बताउनुभएको हो ।
‘सहकारीको विकासका लागि सहकारीमैत्री वातावरण सिर्जना गर्नुपर्छ’, सहकारी मन्त्री ढकालले भन्नुभयो, ‘यस विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको छ । विगतमा भएका सरकारी ऐन कानुनहरुलाई समयअनुसार परिवर्तन गर्दै लानुपर्ने उहाँको भनाइ थियो । सोहीअनुरुप सहकारी बोर्डको नीतिलाई मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका खेमराज सापकोटा, राष्ट्रिय सहकारी संस्थाका उपाध्यक्ष विजयराज घिमिरे, र सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव सुदर्शनप्रसाद ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा चितवन, नवलपरासी, रुपन्देहीका विभिन्न सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी