Thursday, August 9, 2012

पार्टी गठनमा जनजाति नेताकै मतैक्यता भएन

काठमाडौं । विश्व आदिवासी जनजाति दिवसको अवसर पारेर नयाँ राजनीतिक पार्टी गठन गर्ने तयारीप्रति आदिवासी जनजाति नेताहरूकै मतैक्यता हुन नसकेपछि घोषणापत्र मात्र सार्वजनिक भएको छ ।
नयाँ राजनीतिक शक्ति निर्माण कार्यदलद्वारा बिहीबार यहाँ नयाँ पार्टीको घोषणा गर्ने भनेर विभित्र सञ्चारमाध्यमलाई निमन्त्रणा गरिए पनि प्रस्तावित ‘सामाजिक–लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टी’को घोषणापत्र मात्र सार्वजनिक गरियो ।
गत असार २० र २१ गते सम्पत्र आदिवासी जनजाति सम्मेलनले नयाँ राजनीतिक शक्ति निर्माणको आवश्यकता औँल्याइएअनुसार त्यसलगत्तै निर्मित कार्यदलले छलफल र परामर्श गरी जातीय, वर्गीय, क्षेत्रीय र लिङ्गीयलगायतका जनताका आवश्यकता सम्बोधन गर्ने गरी नयाँ पार्टी स्थापनाको प्रस्ताव गरिएको थियो तर आदिवासी जनजाति नेताबीच मतैक्यता हुन नसक्दा प्रस्तावित नयाँ पार्टीको घोषणापत्र मात्र सार्वजनिक गरिएको छ ।
कार्यदलका संयोजक डा चैतन्य सुब्बाले हाल छलफलकै क्रममा रहेको र नयाँ पार्टी निर्माणका लागि विभित्र राजनीतिक दलका नेता, जनजातिका अन्य पार्टी तथा स्थानीयस्तरका जनताका बीचमा व्यापक छलफल गरेर असोज १५ गतेसम्म नयाँ पार्टीको स्थापना गरिने जानकारी दिनुभयो ।
प्रस्तावित पार्टीले आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिमका प्रमुख विषय, लैङ्गिक विषय र अपाङ्गता भएकाहरूको र वर्गीय तथा अन्य विषयलाई बहुल–राष्ट्रियवाद, सामाजिक लोकतन्त्र र आदिवासीवादको विचार र सिद्धान्तबाट अगाडि बढाइने कार्यदलका अर्का सदस्य डा कृष्ण भट्टचनले बताउनुभयो ।
सो घोषणासभामा सबै पार्टीका आदिवासी जनजाति नेताको सहमति भएको भनिए पनि नेकपा (एमाले)का अशोक राई र पृथ्वी सुब्बा गुरुङ, नेपाली काँगे्रसका आइबी गुरुङ र जिपछिरिङ शेर्पा, नेकपा–माओवादीका सुरेश आलेमगर, आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीलगायत आदिवासी जनजाति नेताको सहभागिता थिएन ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी