भरतपुर । पश्चिम चितवनको एक विद्यालयको लापरवाहीका कारण दुई विद्यार्थी प्रवेशिकाको पूरक परीक्षा दिनबाट वञ्चित भएका छन् ।
सहिद स्मृति माध्यमिक विद्यालय गीतानगरले रुटिङ प्रकाशनमा गरेको गल्तीका कारण सिम्बल नम्बर ०३४९६७८ डी भएका एकनारायण पौडेल र सिम्बल नम्बर ०३४९६७९ ई भएकी गीता आचार्य विज्ञान विषयको पूरक परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
विज्ञान विषयको पुरक परीक्षा साउन २१ गते भएकोमा विद्यालयले २२ गते बनाएर ‘रुटिङ’ टाँसेपछि विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । सोको सर्वत्र निन्दा भएपछि बुधबार विद्यालय व्यवस्थापन समिति र अभिभावकबीच वार्ता भएको छ । वार्ताका क्रममा प्राचार्य ज्योतिप्रताप खाँडले भुलवश गल्ती भएको भन्दै गल्ती स्वीकार गर्नुभएको थियो ।
पीडितविद्यार्थीलाई नियमित विद्यार्थीसरह सेवासुविधा दिने र विद्यार्थीको चाहनाअनुसार पठनपाठनमा विद्यालयले सहयोग गर्ने सहमति भएको छ । विद्यार्थीले नियमितसरह परीक्षा दिन पाउनुपर्ने माग राखेता पनि शिक्षा नियमावलीअनुसार त्यसको व्यवस्था नभएकाले पुनः सम्पूर्ण विषयको परीक्षा दिनुपर्ने भएको छ ।
जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले विद्यालयको गल्ती भेटिएमा शिक्षा नियमावली अनुसारको विद्यालयको ‘ग्रेड’ रोक्का गर्ने र नसिहत दिनेसम्मको कारबाही गर्न सकिने बताउनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment