कावासोती । नवलपरासीको विकट पहाडी गाविसमा डेढ महिनासम्म यातायात सञ्चालन
नहुँदा खाद्यान्न सङ्कट भएको छ । दलदले–बुलिङ्टार सडकखण्डको कुमसोतदेखि
पाङ्ग्रेसम्म दर्जनौँ ठाउँमा पहिरो गई सवारीसाधन सञ्चालन नहुँदा खाद्य
सङ्कट भएको हो ।
बुलिङ्टार, डाँडाझेरी, अर्खला, नरम, रुचाङ, डेढगाउँ, धौवादी, भारतीपुर, जौवारीलगायतका एक दर्जन गाविसमा यातायात सञ्चालन नहुँदा खाद्य सङ्कट उत्पन्न भएको रुचाङका पूर्वगाविस अध्यक्ष हुमनाथ पाण्डेले जानकारी दिनुभयो ।
गत असार ७ गते पहिरो गएपछि अवरुद्ध सडकमा पहिरो पन्छाएर यातायात सञ्चालन गर्न जिविस नवलपरासीले बेवास्ता गर्दा पहाडी भेगमा खाद्य सङ्कट भएको हो । सडक निर्माणको जिम्मा लिएको महालक्ष्मी प्यासेफिक जेबीले सडकको स्तरोन्नति गर्ने जिम्मा लिए पनि सोहीअनुसारको काम नगर्दा सडकमा पहिरो गएको जिल्ला प्राविधिक कार्यालय नवलपरासीका प्रमुख इन्जिनियर महेशचन्द्र न्यौपानेले बताउनुभयो ।
सडकमा माटो काट्ने काम र ग्याबिन भर्ने काम गुणस्तरहीन हुँदा सामान्य पानीमा पहिरो गएको जिविसले जनाएको छ । सडकमा गएको पहिरो पन्छाउन पटकपटक निर्माण कम्पनीलाई निर्देशन गर्दा पनि अटेर गरेकाले पहाडका बासिन्दा यातायात सेवाबाट वञ्चित भएका छन् । यातायात सेवा सञ्चालन नहुँदा दाल, चामल, नुन, मट्टीतेल, खानेतेललगायका अत्यावश्यक वस्तुको अभाव भएको स्थानीयवासीले बताएका छन् ।
दैनिक ६० वटा जिप चल्ने सडकमा डेढ महिनासम्म पहिरोका कारण बन्द हँुदा व्यवसायीलाई किस्ता तिर्न धौ धौ परेको लेकबेसी यातायात व्यवसायी समितिका अध्यक्ष युवराज बस्यालले बताउनुभयो । स्थानीवासीले सडकमा गएको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न जिविसलाई आग्रह गर्दा निर्माण कम्पनीका कारण ढिला भएको भनेर टार्ने काम भएको पूर्वअध्यक्ष पाण्डेले बताउनुभयो ।
निर्माण कम्पनीले सम्झौताअनुसार ग्याबिनका लागि ढुङ्गा नल्याएर सडक कोद्रो पार्दा पहिरो गएको ठहर जिल्ला प्राविधिक कार्यालयले गरेको छ । ‘निर्माण कम्पनीले उल्टै पहिरो पन्छाउनका लागि थप रकम माग गरेकाले समस्या बल्झेको हो’, प्रमुख इन्जिनियर न्यौपानेले भन्नुभयो– ‘त्यही कामलाई नयाँ ठेक्का लगाउन पनि नमिल्ने निर्माण कम्पनीले गर्न पनि नमान्ने भएकाले नयाँ विकल्पमा जाने कि कसरी पहिरो पन्छाउने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
सडक निर्माण कम्पनीलाई निर्देशन गरेर काम गराउन नसेकिएको भन्दै जिविसको कामप्रति स्थानीयवासी रुष्ट बनेका छन् । ‘जिविसको लाचारीपनका कारण हामीले दुःख पायौँ,’ बुलिङ्टारका कोषराज पौडेलले भन्नुभयो । पसलमा लगिएका सामान सकिएको र नयाँ मालसामान ल्याउन नपाइएको पहाडी भेगका व्यापारीले गुनासो गरेका छन् ।

No comments:
Post a Comment
Thanx for your comment