नारायणगढ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले कुनै पनि अधिनायकवाद नेपाली जनताले नस्वीकार्ने बताउनुभएको छ । उहाँले पत्रकारहरुले अधिनायकका विरुद्ध आन्दोलन गर्नुपर्ने बताउनुभयो ।
नेपाल प्रेस युनियन चितवनले हरेक वर्ष प्रदान गर्दै आएको स्व. चीजकुमार श्रेष्ठ विष्णुकुमारी श्रेष्ठ पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सभापति कोइरालाले यस्तो धारणा प्रस्तुत गर्नुभएको हो । यस वर्ष उक्त पुरस्कार पत्रकार तारानाथ दाहाललाई प्रदान गरिएको थियो ।
युनियनले गत वर्षको पत्रकारिता पुरस्कारबाट पत्रकार हरिहर विरहीलाई पनि आइतबार एकसाथ पुरस्कार प्रदान गरेको छ । नारायणगढमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले दुबै पत्रकारलाई नगद तथा सम्मानपत्रले सम्मान गर्नुभयो ।
कार्यक्रममा सभापति कोइरालाले माओवादीले प्रेसमाथि अंकुस लगाएर अधिनायकवाद लाद्न खोजेको उहाँले आरोप लगाउनुभयो । ‘माओवादीले प्रेस स्वतन्त्रतामाथि अंकुस लगाएर आफूले चाहेजस्तो अधिनायकवाद लाद्न चेष्टा गरेको छ’, उहाँले भन्नुभयो, ‘प्रचण्डले सबैलाई आश्वासन बाँड्दै हिँड्नुहुन्छ त्यही कारणले पनि उहाँको पार्टी यो हालतमा आइपुगेको छ ।’
एक अर्काे प्रसङ्गमा कोइरालाले माओवादी र प्रचण्डले दिँदैमा काँग्रेसको सरकार बन्न नसक्ने दावी गर्नुभयो । ‘सरकार बनाउने र भत्काउने उहाँको हातमा छ ?’, कोइरालाले प्रश्न गर्नुभयो, ‘मानौँ उहाँ नै सरकारको ठेक्का लिएर बसिरहनुभएको छ ।’ प्रचण्डले सबै दलहरुको ठेकदार भए जस्तै गरेर अभिव्यक्ति दिँदै हिँडेको उहाँको आरोप थियो ।
‘प्रचण्डको छवि कहाँ सम्म छ नेपाली जनताले बुझिसकेका छन्, अन्तर्राष्ट्रिय जगतमासमेत उहाँको छवि छलङ्ग भएको छ’, सभापति कोइरालाले भन्नुभयो । माओवादी कै कारणले संविधानसभा विगटन भएको उहाँले आरोप लगाउनुभयो ।
प्रेस युनियनका महासचिव शिव लम्सालले पत्रकारहरुले आन्दोलन गरेर बाबुराम भट्टराईको सरकार ढाल्ने चेतावनी दिनुभएको छ । पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
पत्रकारका समस्या भन्दा बढी राजनीतिक भाषण गर्नुभएका लम्सालले पत्रकारहरु कम्युनिष्ट हुन नसक्ने दावी गर्नुभयो । उहाँले पत्रकारहरु सरकार विरोधी आन्दोलनमा उत्रनुको विकल्प नभएको आँैल्याउनुभयो ।
कार्यक्रममा प्रेस युनियन मध्यमाञ्चल संयोजक एवम् पुरस्कार मूल्याङ्कन समितिका संयोजक दीपक आचार्यले काँग्रेसले पत्रकार तथा संचारजगतलाई उपयोग गर्न नसकेको बताउनुभयो । पछिल्लो समयमा संचारमाध्यमहरुमा कम्युनिष्टहरुको लगानी बढ्दै गएको उहाँको भनाइ थियो ।
स्व. चीजकुमार श्रेष्ठ र विष्णुकुमारी श्रेष्ठको स्मृतिमा स्थापित पुरस्कारको राशि २५ हजार ५५५ रहेको छ । कार्यक्रममा स्व. श्रेष्ठका छोरा प्रमोद श्रेष्ठले पुरस्कार अक्षयकोषमा एक लाख ११ हजार १११ रुपैयाँ थप गर्ने घोषणा गर्नुभएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शसाङ्क कोइराला, मानबहादुर विक, पूर्वकेन्द्रीय सदस्य उमा रेग्मी, नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भानु सिग्देल, युनियनका केन्द्रीय सदस्य भूमिराज चापागाईं काँग्रेसका जिल्ला सभापति टेकप्रसाद गुरुङले बोल्नुभएको थियो । कार्यक्रम युनियनका अध्यक्ष वसन्त पराजुलीको अध्यक्षतामा भएको थियो ।
यसैबीच सोही कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले भारतसँग काँगे्रसको सम्बन्ध चिसिएका कारण मुलुक जटिलतातर्फ उन्मुख हुँदै गएको र राष्ट्रियता खतरामा परेको बताउनुभएको छ ।
चिजकुमार श्रेष्ठ विष्णुकुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन चितवन आउनुभएका नेता कोइरालाले काँग्रेसलाई खुम्च्याउने षड्यन्त्र भएसँगै देशमा राष्ट्रियता खतरामा परेको टिप्पणी गर्नुभयो ।
पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले राष्ट्रियता र लोकतन्त्र जर्गेनाका लागि सबै दलहरु मिल्नुको विकल्प नभएको बताउनुभयो । उहाँले देशमा निकास काँग्रेसले मात्र दिने भएकाले राष्ट्रियता बचाउनका लागि भारतसगँको सम्बन्ध सुधार्न आवश्यक रहेको बताउनुभएको छ ।
आइतबारै अर्को एक कार्यक्रममा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले देशमा राजनीतिक संकट समाधानका लागि दलहरुबीच सहमतीको प्रयास जारी रहेको बताउनुभएको छ ।
विगतमा शान्ति प्रक्रियाको थालनी काँगे्रसले नै गरेको स्मरण गर्दै उहाँले अबको निकास पनि काँग्रेसबाटै सम्भव भएको बताउनुभयो । प्रजातान्त्रिक योद्धा तथा काँग्रेसका पुराना नेताहरुसँग आइतबार क्षेत्रपुरमा भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । अहिलेको अवस्थामा सहमतिको विकल्प नभएको उल्लेख गर्दै सभापति कोइरालाले समयमै लोकतान्त्रिक संविधान निर्माण गरी लोकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो

No comments:
Post a Comment
Thanx for your comment