Saturday, September 1, 2012

किराना पसलबाट गाँजा बिक्रीवितरण

धादिङ । दैनिक उपभोग्य सामग्रीको बिक्रीवितरण गर्ने गरी सञ्चालनमा ल्याईएको पसलबाट खुलेआम रुपमा लागूऔषध गाँजाको बिक्रीवितरण भएको पाइएपछि धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा प्रहरी प्रशासनका लागि थप चुनौती बढेको छ । 
प्रभावकारी अनुगमन हुन नसक्दा राजमार्ग क्षेत्रका होटलहरुमा मात्रै होइन, किराना पसलहरुमा समेत गैरकानुनी क्रियाकलापले प्राथमिकता पाउन थालेको हो । राजमार्ग क्षेत्रका होटल तथा किराना पसलहरुको अनुगमनका लागि खटिएको टोलीले धादिङको थाँक्रे गाविस–९ धार्केमा रहेको बन्दना स्टोरबाट अवैध लागूऔषध गाँजा बिक्रीवितरण हुने गरेको फेला पारेको छ ।
किराना तथा कोल्ड स्टोरका रुपमा सञ्चालनमा रहेको पसलबाट गाँजा बिक्रीवितरण भइरहेको भेटिएपछि पसल सञ्चालक उमादेवी गजुरेल र पसलका कामदार दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
राजमार्ग क्षेत्रका होटल तथा पसल अनुगमनका लागि शुक्रबार धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा खटिएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल नेतृत्वको अनुगमन टोलीले गजुरेलको किराना पसलबाट बिक्रीका लागि तयारी अवस्थामा राखिएको  १७० ग्राम लागूऔषध गाँजा भेटेको हो । 
पसलवाट नियमित रुपमा गाँजा बिक्री हुने गरेको पसलका कामदारहरुबाट जानकारी पाएपछि प्रहरीले अनुसन्धानका लागि पसल बन्द गराइ पसल सञ्चालक र पसलका कामदार दुई जना युवालाई पनि नियन्त्रणमा लिई छानविनका लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाएको छ ।
नियन्त्रणमा रहेकाहरुलाई आवश्यक छानविन गरी लागूऔषध गाँजा बिक्रीवितरण गरेको कसुरमा कारबाही अघि बढाइने बताइएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी