धादिङ । सरकार र बहिर्गमित लडाकूहरुबीच चारबुँदामा सहमति भए पनि आफूलाई बहिर्गमित जनमुक्ति सेना बताउने एक समूहले शुक्रबार बिहान धादिङ जिल्लामा पर्ने पृथ्वीराजमार्गको छुट्टाछुट्टै स्थानमा गरी तीनवटा मालवाहक ट्रकमा आगजनी गरेर क्षति पु¥याएका छन् ।
सो समूहले पृथ्वीराजमार्गमा पर्ने धादिङको भूमेस्थान गाविस–६, सिम्ले र बेनीघाट गाविसमा गरी तीनवटा ट्रक जलाएको हो । कम्युनिष्ट पार्टीको झण्डा र हतियारसहित आएका ३० जनाजतिको समूहले सडकमा अवरोध गरी चालकलाई ट्रकबाट बाहिर निकाली मट्टितेल छर्केर आगो लगाइदिएको प्रहरीले जनाएको छ ।
वीरगन्जबाट चिनी लिएर काठमाडौंका लागि छुटेको ना ३ ख ८८३७ नम्बरको ट्रकलाई भूमेस्थान गाविस–७ मा रोकेर सो समूहले आगजनी गर्दा ट्रकको अघिल्लो भाग र इञ्जिनसमेत जलेर क्षति भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
सोही समूहले ना २ ख ४६१६ नम्बरको बियर बोकेको ट्रकमा समेत आगो लगाएका छन् । सो समूहले चालकसँग मोबाइलसमेत लुटी आगो लगाइदिएको ट्रकका मालिक मलेखुका हिरा त्रिपाठीले बताएका छन् । ट्रकमा आगजनी गरेपछि सो समूहले सँगै रहेको एउटा कारबाट पनि मोबाइललगायतका सामग्री लुटेर लगेको बताइएको छ ।
यसैगरी आफूलाई बहिर्गमित जनमुक्ति सेना बताउने अर्को समूहले शुक्रबार बिहान साढे ३ बजेतिर बेनीघाट गाविसको विशालटारमा भैरहवाबाट सिमेन्ट बोकेर काठमाडौं आउँदै गरेको लु१ख ६०२३ नम्बरको ट्रक पनि जलाएको बेनीघाट प्रहरीचौकीले जनाएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा बिहीबार भएको वार्तामा बहिर्गमित जनुमक्ति सेना नेपालको मागबमोजिम प्याकेज उपलब्ध गराउन विगतमा भएका सहमतिसमेत कार्यान्वयनमा ठोस पहल गर्ने, प्रहरी नियन्त्रणमा रहेका बहिर्गमित लडाकूहरुको विवरण शान्ति मन्त्रालयमा बुझाउने र अर्को वार्तामा गृह मन्त्रालयका प्रतिनिधिसहित छलफल गर्ने सहमति भएपछि बहिर्गमित लडाकूहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको घोषणा गरेका थिए ।
यता, एकीकृत नेकपा माओवादी धादिङ र नेकपा माओवादीका जिल्ला नेताहरुले मोटर आगजनी गर्ने कार्यमा आफ्नो पार्टीको कुनै कार्यकर्ता संलग्न नभएको बताएका छन् ।

No comments:
Post a Comment
Thanx for your comment