Friday, September 21, 2012

हेफरको ‘स्वर्णिम प्रतिभा’बाट छमीकुमारी पुरस्कृत

शक्तिखोर । शक्तिखोर–८ देवीटारकी छमीकुमारी रानामगर हेफर इन्टरनेशनलको स्वर्णिम प्रतिभा पुरस्कारबाट पुुरस्कृत हुनुभएको छ । शुक्रबार शक्तिखोरको गैरीबारीमा आयोजित १५ औं हेफर दिवसको अवसरमा छमीकुमारीलाई पुरस्कृत गरिएको हो ।
महिलाहरुलाई समूहमा आवद्ध गराइ आर्य आर्जनमार्फत गाउँलेको जीवनमा परिर्वतन ल्याउन उल्लेख्य भूमिका खेलेको भन्दै हेफरले छमीकुमारीलाई पुरस्कृत गरेको हो । चितवनका स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाले चेक तथा सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो । पुरस्कारको राशि नगद ७० हजार रुपैयाँ छ ।
हेफर इन्टरनेशनलले वितरण गरेको बाख्रापालनमा आफ्नो तथा गाउँलेको जीवनमा आमूल परिवर्तन ल्याउनुका साथै समाज परिवर्तनमा समेत मह¤वपूर्ण भूमिका खेलेकाले उनलाई सम्मान गरिएको हेफर इन्टरनेशनल भरतपुर कार्यालयका कार्यक्रम प्रबन्धक पिताम्बर कुश्वाहले जानकारी दिनुभयो ।
मगर र चेपाङ समुदायको बाहुल्य रहेको देवटिारमा छमीकुमारी मगरको अगुवाइमा १३३ घरधुरीले बाख्रापालनबाट राम्रो आम्दानी गर्न थालेका छन् । हेफरको सहयोगमा छमीकुमारीको प्रयासबाट अहिले देवीटार गाउ“कै आम्दानीको श्रोत बाख्रापालन भएको छ ।
देवीटारका महिलाहरुलाई हेफरले प्रदान गरेको बाख्रा उपहारले गाउ“का सबै महिलालाई बाख्रापालनमा प्रेरित गरेको सम्मानित हुनुभएकी छमीकुमारीले बताउनुभयो । ‘पहिला महिलालाई समूहमा आवद्ध गराउन पनि निकै कठिन भयो’, उहा“ले भन्नुभयो, ‘पछि बुझिसकेपछि सबैले मेरो साथ दिए, अहिले सबैको जीवन यापन सहज भएको छ ।’
चेलिवेटी सामुदायिक वन तथा देवीटार परिवार समूहकी अध्यक्षसमेत रहेकी छमीकुमारीले हेफरले उपहार स्वरुप दिएको बाख्राबाटै बाख्रापालन व्यवसाय सुरू गर्नुभएको हो । तीन वर्षअघिदेखि व्यवस्थित रुपमा बाख्रापालन सुरू गर्नु भएकी छमिकुमारीले अघिल्लो वर्ष खसि–बाख्रा बिक्रीबाट एक वर्षमा ८५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो ।
बाख्रा बिक्री गरेको आम्दानीले साढे पा“च कठ्ठा जग्गा खरिद गर्नुका साथै आफ्ना तीन छोरी र दुई नन्दलाई पढाउँदै आएको उहा“ले जानकारी दिनुभयो । महिला समूहमार्फत गाउँमा सरसफाइ, वातावरण संरक्षण र मदिरा नियन्त्रण अभियानसमेत सञ्चालन गरिएको उहा“ले जानकारी दिनुभयो ।
कार्यक्रम हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम प्रबन्धक डा. तीर्थ रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । 
यसअघि सो पुरस्कारबाट गीतानगरकी पार्वती भट्टराई, रत्ननगरकी गंगा खनाल, भरतपुर–९ की सिता पौडेल, रत्ननगरको बेल्सीकी मीना चौधरी र भरतपुर–८ की ऋषिमाया पौडेल पुरस्कृत भइसक्नु भएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी