Friday, September 21, 2012

जातीय विभेद र छुवाछूतविरुद्धको अभियान टोलीलाई चितवनमा स्वागत

भरतपुर । जातीय विभेद र छुवाछूत अन्त्यका लागि राष्ट्रव्यापि सामूहिक अभियान–२०६९ को टोलीलाई शुक्रबार चितवनमा स्वागत गरिएको छ । विभिन्न ४२ वटा संघसंस्थाको संयुक्त आयोजनामा सञ्चालित अभियानको २५ सदस्यीय टोलीलाई चितवनमा क्रियाशील विभिन्न १२ वटा संघसंस्थाले संयुक्त रुपमा स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा बोल्दै अभियानका सदस्य एवम् नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरीले २१ आँै शताब्दीको पहिलो दशक बितिसक्दा समेत हामीले जातीय छुवाछुत अन्त्यका लागि अभियान थाल्न पर्नु दुर्भाग्य भएको बताउनुभयो । ‘संसारमा नेपालबाटै जातीय छुवाछूतको विरुद्धमा अभियान थालिएको हो’, उहाँले भन्नुभयो, ‘गौतमबुद्धले सबैभन्दा पहिले ‘अछूत’हरुलाई संघमा समावेश गरेर यसको सुरुवात गर्नुभएको हो ।’
गौतमबुद्धपछि नेपालमा नै महाकवि लक्ष्मीप्रसाद देवकोटाले यस अभियानलाई अगाडि बढाएको निष्ठुरीको भनाइ थियो । स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले समाज विस्तारै परिवर्तन हुँदै गएको बताउनुभयो । ‘समाज विस्तारै परिवर्तन हुँदै गएको छ, अछूतले छुँदा छिटा हाल्ने समाजका हामीले सँगै बसेर खान थालेका छौँ’, उहाँले भन्नुभयो, ‘अब आउने नयाँ पिँढीले यसलाई परिवर्तन गर्दै जानेछन् ।’
जातीय विभेद र छुवाछूतको अन्त्यका लागि दलितभित्रै रहेको छुवाछूतको अन्त्य गराउन आवश्यक रहेको उहाँको भनाइ थियो । कार्यक्रममा विभिन्न जातजाति एवम् धार्मिक समुदायका व्यक्तिले छुवाछूत अन्त्यका लागि सामूहिक प्रतिबद्धता जोहेर गरेका थिए ।
भदौ २७ गते काठमाडांैबाट सुरू भएको अभियानले २७ दिन लगाएर ३५ जिल्लामा पुगेर सर्वपक्षीय अन्तत्र्रिmया, जातीय सहभोज, हस्ताक्षर संकलन, अन्तर्जातीय विवाह गर्ने जोडीलाई सम्मानलगायतका कार्यक्रम सञ्चालन गर्ने टोली संयोजक बासु ढकालले जानकारी दिनुभयो । जातीय विभेद अन्त्य नहुँदासम्म अभियानलाई कुनै न कुनै रुपमा अगाडि बढाउने उहाँले बताउनुभयो ।
हेटाँैडामा कार्यक्रम गरेर चितवन आइपुगेको टोली शुक्रबारै तनहूँ पुगेको छ । टोलीले आज शनिबार दमौलीमा कार्यक्रम गर्ने ढकालले जानकारी दिनुभयो ।
टोलीमा विद्यार्थी, सामाजिक अभियन्ता, पत्रकारलगायतको सहभागिता रहेको छ ।
अभियान यही असोज २३ गते नुवाकोटमा पुगेर सकिने छ । त्यसपछि संकलित हस्ताक्षर तथा प्रतिवेदनलाई राजधानीमा विभिन्न प्रमुख दलका नेतृत्वलाई सहभागी गराएर बुझाउने उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी