Saturday, September 22, 2012

भैरहवा जिल्ला कारागार जीर्ण

भैरहवा । सरकारको लापरबाहीका कारण रुपन्देहीको जिल्ला कारागार जीर्ण बन्न पुगेको छ । वि.सं. १९९० मा निर्मित कारागार पुनःनिर्माण नहँुदा जीर्ण बनेको हो ।
झण्डै एकसय वर्ष पुरानो १४ कोठे भवनको छत चर्केर पानी चुहिनुका साथै भवन भत्किने सम्भावना रहेको कारागारभित्रका नाइके जोगेन्द्र कहाँर बताउँछन् । त्यतिमात्र नभई एकसय कैदी अट्ने क्षमता भएको ठाउँमा ३६० जना कैदी राखिएका कारण बस्न सुत्न तथा शौचालय जानसमेत अप्ठ््यारो भएको कैदी चौकीदार राजेश गुप्ताको भनाइ छ ।
कैदीलाई खाने बस्ने तथा सुत्ने अप्ठ्यारोले गर्दा राति ८ बजेदेखि १ बजेसम्म एक समूह र १ बजेदेखि बिहान ५ बजेसम्म अर्को समूह आलोपालो गरी सुत्नुपर्ने बाध्यता रहेको अर्का कैदी कलामुद्दिन मुसलमानको गुनासो छ ।
त्यसैगरी सो कारागारमा कैदी मात्र नभई चार कोठामा २६ जना सुरक्षाकर्मी कोचिएर बस्नुपरेको प्रहरी नायब निरीक्षक घनश्याम विश्वकर्मा बताउनुहुन्छ ।
कैदीलाई खाने, बस्ने तथा सुत्ने अप्ठ्यारो हुनु भनेको मानवअधिकारको ठाडो उल्लङ्घन हुनु हो, वकालत मञ्च नेपाल रुपन्देहीका अधिवक्ता शिव गौडेलको भनाइ छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी