Saturday, September 22, 2012

‘अग्नि गर्भका आवाजहरु’ विमोचित

भरतपुर । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ चितवनका अध्यक्ष तथा साहित्यकार पोषराज पौडेलको ‘अग्नि गर्भका आवाज’हरु नामक कविता संग्रहको शनिबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
महासंघको आयोजना तथा नारायणी नमुना उच्च माविका प्राचार्य पूर्णप्रसाद दवाडीको सहआयोजनामा भएको शारदा घरदैलो प्रतिभा प्रवाहको १०६ आँै श्रङ्खलाको अवसरमा उक्त कृतिको विमोचन साहित्यकार डा. रामप्रसाद ज्ञवालीले गर्नुभएको हो ।
कार्यक्रममा विमोचित कृतिमाथि साहित्यकार सरिता तिवारी र पूर्णबहादुर अधिकारीले टिप्पणी गर्नुभएको कार्यक्रममा साहित्यकारहरु केशवराज आमोदी, ईश्वरी ओभा, धनेश्वर भट्टराई, हरिहर सविता, गायत्री श्रेष्ठ, डीआर पोखरेल, रविकिरण निर्जीवले बोल्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष पौडेलको अध्यक्षतामा भएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी