दार्चुला । दार्चुलाको सीमावर्ती क्षेत्र भारत धारचुला उत्तराखण्डअन्तर्गत दरको पाँग्वा भन्ने ठाउँमा पहिरोमा पुरिएर आइतबार सात नेपालीको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
सो ठाउँमा सडक खन्ने क्रममा आएको पहिरो मुनि पुरिएर सात नेपालीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरूमा बैतडी जिल्ला विशालपुर गाविस घर भएका ४३ वर्षीय मानध्वज लोहार, ३५ वर्षीय विशन राम भूल, ३२ वर्षीय श्याम भूल, ४० वर्षीय सन्तोष लोहार, ३० वर्षीय रामी लोहार, ३५ वर्षीय वीरेन्द्रराम सोनी र ४९ वर्षीय झुपुराम सोनी रहेका छन् भने घाइते हुनेमा विशालपुर गाविस –९ का २६ वर्षीय मानसिह लोहार र सर्मोली गाविस –८ का नरेश तिरुवा रहेका छन् ।
सबै नेपालीको शव भारतको धारचुलास्थित प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा राखिएको र शवहरूलाई घरसम्म पु¥याउने तयारी भइरहेको भारतीय प्रहरीले जनाएका छन् । घटनास्थल दार्चुलाको सदरमुकाम खलङ्गाको सीमावर्ती क्षेत्र धारचुलादेखि ५० किलोमिटर उत्तरी क्षेत्रमा पर्दछ ।

No comments:
Post a Comment
Thanx for your comment