वीरगन्ज । पर्सा प्रहरीले हालसम्म महिला तथा बालबालिका गरी ८० जनाको उद्धार गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्याङ्कअनुसार गत आव र चालु आर्थिक वर्षको साउन मसान्तमा ३४ महिला, ३७ बालिका र नौ बालकको उद्धार गरिएको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख राजकुमारी थापाले जानकारी दिनुभयो ।
वीरगन्ज सीमा क्षेत्रबाट बेचिन लैजाँदै गरेको अवस्थामा महिला र बालबालिकाको उद्धार गरिएको पनि उहाँले बताउनुभयो । त्यसैगरी गत आवमा पर्साबाट १५ बालक, नौ बालिका र आठ महिला हराएको केन्द्रमा निवेदन परेको थियो ।
हराएकाको मात्रै यहाँ निवेदन पर्ने गरेको र पाइएकाको विषयमा भने जानकारी नआउने गरेका कारण हराएकामध्ये केही पाइएको पनि हुन सक्ने प्रमुख थापाले बताउनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment