काठमाडौं । नेपालमा पहिलो पटक निजी क्षेत्रमा रक्तसञ्चार सेवाको सुरुवात भएको छ ।
यहाँस्थित सिनामङ्गलको नोबेल हस्पिटल प्रालिमा अत्याधुनिक कोषिका छुट्याउने ‘सेल सेपरेटर’ मेसिन र हेमाटोलोजी विभागसहित ‘नोबेल रक्तसञ्चार सेवा’ सञ्चालनमा ल्याइएको हो ।
हालसम्म नेपालमा रक्तसञ्चार सेवा नेपाल रेडक्रस सोसाइटीले मात्रै दिइआएकामा पहिलो पटक निजी लगानीमा नोबेल हस्पिटलले यो सेवा सुरु गरेको छ र यसबाट रगत व्यवस्थापनमा सजिलो हुने विश्वास गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवासँग सहमति र सम्झौता गरी सोही संस्थाको साझेदारको रूपमा यो सेवा सुरु गरिएको हो ।
चिकित्सकीय उपचारका क्रममा बिरामीहरूका लागि आवश्यक पर्ने प्लाज्मा, प्लेटलेट्स, डब्लुुबिसी, आरबिसीलगायत विभिन्न प्रकारका रक्त तत्वलाई अत्यन्त कम समयमा अत्याधुनिक प्रविधिसहितको मेसिनले एउटै स्वयम्सेवी दाताबाट रक्त सङ्कलन गरी आवश्यक रक्त तत्वहरू मात्र उपलब्ध गराउन सक्ने सेल सेपरेटर मेसिन नेपालमा यसअघि चितवनस्थित क्यान्सर अस्पतालमा भित्र्याइएको थियो तर यो मेसिन प्रविधिज्ञको अभावले अझै सञ्चालनमा आएको छैन ।
परम्परागत विधिअनुसार रक्तदाताले दान गरेको एक एकाई रगतबाट विभिन्न घटकहरू छुुट्याउने गरिएकामा यस सेवाअन्तर्गत सो विधिको सट्टा यो नयाँ मेसिनले बिरामीलाई चाहिएको रक्त घटक मात्रै निकाल्ने गर्छ ।
यस प्रविधिमा बिरामीलाई प्लेटलेट्सको मात्रै आवश्यकता छ भने रक्तदाताको रगतबाट प्लेटलेट्समात्र निकाल्न सकिन्छ, त्यसको लागि रक्तदाताले पुरै रगत दिनुपर्ने पुरानो प्रविधिको अन्त्य भएको छ । यसबाट प्लेटलेट्स दाताले हरेक पटक एकभन्दा बढी एकाई प्लेटलेट्स दान गर्न सक्दछ ।
रक्तदाताले वर्षमा चार पटक रक्तदान गर्न सक्ने भएकोमा प्लेटलेट्स भने वर्षमा २४ पटकसम्म दान गर्न सक्छ । यसमा चाहिएको रक्त घटकमात्र दाताबाट निकालिन्छ र बाँकी रगत दातामा नै फर्काइन्छ । सो मेसिनबाट प्लेटलेट्स निकाल्दा ९० मिनेट समय लाग्छ जब कि अहिले पूरा रगतबाट प्लेटलेट्स निकाल्दा १८० मिनेटसम्म लाग्ने देखिन्छ ।
अस्पतालका व्यवस्थापक कृष्ण नेपालीका अनुसार हालसम्म यो सेवाबाट हालसम्म १८ जना लाभान्वित भएका छन् ।
नोबेल हस्पिटल प्रालिमा रगत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुने र भविष्यमा मुलुकमै पहिलो पटक बोन म्यारो ट्रान्सप्लान्ट सेवा सुरु गरी पीडित बिरामीलाई उपचार दिने उहाँले बताउनुभयो । यसको लागि अस्पतालमा प्रविधि र प्रविधिज्ञ उपलब्ध गराएको र सरकारबाट अनुमति प्राप्त भए भोलि नै यो सेवा सुरु गर्न सकिने पनि उहाँले बताउनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment