सिंगापुर ५ विकेटले पराजीत
भदौ १८ – मलेशियामा जारी आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फोर अन्तर्गत आफ्नो पहिलो खेलमा जीत हात पार्दै नेपालले शानदार सुरुवात गरेको छ । नेपालले सिंगापुरलाइ ५ विकेटले हराएको हो । सोमबार क्वालालम्पुर स्थित सेलाङ्गर टर्फ क्लबमा सिंगापुरले दिएको १ सय १२ रनको बिजय लक्ष्य नेपालले २४ ओभर ५ बलमा मात्र ५ विकेटको गुमाउदै पुरा गरेको थियो । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान प्रदीप ऐरीले सर्वाधिक अविजित ३४ रनको महत्वपुर्ण योगदान गरेका थिए । उनले २५ वलको सामना गर्दै १ छक्का र ४ चौका प्रहार गरेका थिए । नेपालले सुरुवाती ब्याट्सम्यान अनिल मन्डललाइ शुन्य रनमै गुमाएको थियो । अर्को सुरुवाती ब्याट्सम्यान सुवास खकुरेलले भने ९ रनको योगदान दिएका थिए । अर्का ब्याट्सम्यान ज्ञानेन्द« मल्लले १२ रन जोड्दा कप्तान पारस खड्का भने ५ रनमै रन आउट हुन पुगेका थिए । अर्का भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर पनि ९ रनमै पेबिलियन फर्किएका थिए । त्यसपछि आएका शक्ति गौचन र प्रदीप एरीले छैटौं विकेटका लागि ६५ रनको साझेदारी गरेपछि नेपालको जित सुनिश्चित भएको थियो । शक्ति गौचनले प्रदीपलाइ राम्रो साथ दिदै १८ रन जोडेका थिए । सिंगापुरका लागि बलिङ्ग तर्फ अजमद मेहबुबले ३ विकेट झारेका थिए । यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ३९ ओभर ५ बलमा सबै विकेट गुमाउदै १ सय ११ रनको न्युन योगफल तयार पारेको थियो । नेपाली बलरहरुले सिंगापुरका कुनैपनि ब्याट्सम्यानहरुलाइ खुलेर खेल्न दिएका थिएनन । मध्यक्रमका ब्याट्सम्यान अनिसु पारामले सिंगापुरका लागि सर्बाधिक ३४ रन जोडेका थिए । अन्य कुनै ब्याट्सम्यानहरुले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । नेपालका लागि तीब्र गतिबा बलर अमृत भट्टराई एक्लैले ४ विकेट झारेका थिए । अमृतका अलावा स्पिनर बसन्त रेग्मीले पनि ३ विकेट लिएका थिए । अर्का स्पिनर सन्जम रेग्मीले २ र शक्ति गौचनले १ विकेट चड्काएका थिए । जितसंगै नेपालले आइसीसी क्रिकेट लिग डिभिजन फोर अन्तर्गत सुखदः सुरुवात गरेको छ । ६ राष्ट्रका टोलीहरु सम्मिलित प्रतिगोगितामा शीर्ष २ टोली आइसीसी क्रिकेटको डिभिजन ३ मा प्रबेश गर्नेछन । नेपालले दोस्रो खेलमा मंगलबार तान्जानीयासंग प्रतिस्पर्धा गर्नेछ ।
todayskhabar