Monday, September 17, 2012

हात्ती आतङ्क–जनजीवन प्रभावित

माडी । चितवनको माडीस्थित गर्दीको अमिलिया बस्तीमा हात्ती आतङ्क फैलिएको छ ।
केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा निस्किएका चारवटा हात्तीले अमिलियामा मात्रै चार बिघाभन्दा बढीमा पसाएको धान नष्ट पारिसकेको स्थानीयवासी लालबहादुर विकले जानकारी दिनुभयो ।
हात्ती लगातार आउन थालेपछि स्थानीयवासी त्रासका कारण रातिमा घर छाडेर स्थानीय राप्रावि अमिलियामा बस्न बाध्य भएको विकले बताउनुभयो । बस्ती प्रवेश गरेको हात्ती धपाउन निकुञ्ज तथा स्थानीय निकायलाई जानकारी गराएको भए पनि अहिलेसम्म कतैबाट सुनुवाइ नभएको स्थानीयले बताएका छन् । रातिमा हात्ती बस्तीमा आउने र दिउँसोपछि निकुञ्ज पस्ने गरेको छ ।
माडीको गर्दी–१ अमिलियामा रहेको ५०–६० घरपरिवार निकुञ्जसँगै जोडिएको छ । बाढीको सबैभन्दा प्रभावित यो गाविस वन्यजन्तुबाट पनि उच्च प्रभावित क्षेत्र हो । यहाँको निकुञ्ज क्षेत्रवरपर वन्यजन्तुको आक्रमणका कारण मानिसको समेत ज्यान जाने गरेको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी