Monday, September 17, 2012

पेट्रोल पम्पका शौचालयको अनुगमन

भरतपुर । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले सोमबार चितवनका सार्वजनिक शौचालयहरुको अनुगमन गरेको छ । समितिको टोलीले जिल्लामा रहेका प्रमुख सडकछेउमा रहेका पेट्रोल पम्पहरुको शौचालय अनुगमन गरेको हो ।
जिल्ला विकास समिति चितवनका इन्जिनियर माधव उप्रेतीको नेतृत्वमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर रामबहादुर रिमालसहितको टोलीले पूर्वपश्चिम राजमार्गको भरतपुर गोन्द्राङदेखि पृथ्वी राजमार्गको दासढुङ्गासम्म रहेका १७ वटा पेट्रोल पम्पका शौचालयको अनुगमन गरेको हो ।
जसमा गौरीशंकर आयल स्टोर्स गोन्द्राङ, अवतार इन्टरप्राइजेज बसन्तचोक, अष्टभुजा भरतपुर, जय परेवाश्वरी ट्रेर्डस रामनगर, सुगम आयल स्टोर्स दासढुङ्गालगायत रहेका छन् । पेट्रोल पम्पहरुले सार्वजनिक शौचालय निर्माण गरे पनि उचित रेखदेख नभएको अनुगमनबाट पाइएको टोलीका सदस्य इन्जिनियर रिमालले बताउनुभयो ।
सरकारले सडकछेउमा सञ्चालन गरिएका सबै पेट्रल पम्पहरुलाई अनिवार्य सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने नियम बनाएको छ । ‘नियमअनुसार बनाए पनि उचित सरसफाइ र मर्मत सम्भारतर्फ सञ्चालकहरुले त्यति ध्यान नदिएको पाइयो’, उहाँले भन्नुभयो ।
टोलीले अनुगमनको प्रतिवेदन तयार पारी समितिलाई बुझाउने रिमालले जानकारी दिनुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी