भरतपुर । सेनामा समायोजन हुने प्रक्रियामा रहेका माओवादीका पूर्वलडाकूहरुको सोमबार लिखित परीक्षा सञ्चालन भएको छ । विभिन्न दर्जाका लागि देशैभर लिखित परीक्षा सञ्चालन गरिएको हो । लिखित परीक्षाको नतिजा असोज ३ गर्ने सार्वजनिक हुने बताइएको छ ।
पूर्वी चितवन चैनपुरस्थित सैनिक आवासीय महाविद्यालयमा सोमबार अधिकृत दर्जाका लागि परीक्षा लिइएको छ । अधिकृतबाहेक तेस्रो डिभिजन शक्तिखोरमा २१५ लडाकू सहभागी छन् ।
लोकसेवा आयोग र नेपाली सेनाले ती लडाकूका लागि तीन घन्टाको परीक्षा लिएका हुन् । अधिकृतबाहेक समायोजन रोजेका सबै लडाकूहरुको सम्बन्धित शिविरमै परीक्षा सञ्चालन गरिएको छ ।
सेना समायोजनको प्रक्रियाअन्तर्गत आइतबारसम्ममा स्वैच्छिक अवकाश रोजेका लडाकूलाई बिदाइ गरिसकिएकाले सेनामा जानेहरुको परीक्षा लिइएको हो । लिखित परीक्षा दिएका लडाकूहरुका लागि अर्को चरणमा मेडिकल जाँच र अन्तर्वार्ता सञ्चालन गरिने विषेश समिति सचिवालयले जानकारी दिएको छ ।
पछिल्लो समय समायोजन रोजेका लडाकूहरुमध्ये एक हजार ५०६ जना स्वैच्छिक अवकाश रोजेर बिदाइ भइसकेका छन् भने समायोजनका लागि बाँकी रहेका एक हजार ६०० लडाकूको परीक्षा लिइएको सचिवालयले जनाएको छ ।
शक्तिखोर शिविरका ३८५ लडाकू चेक लिएर बिदा भएका छन् ।

No comments:
Post a Comment
Thanx for your comment