नारायणगढ । आज मंगलबार नेपाली महिलाहरुले हरितालिका तजि पर्व रंगरमाइलो गरी धुमधामले मनाउँदै छन् । दुई दिनदेखि परेको लगातारको वर्षाले तीज मनाउन माइत हिँडेका चेलीहरुलाई हैरानै पा¥यो । शुक्रबार साँझबाट परेको अविरल वर्षाले माइती घर हिँडेका चेलीहरुलाई हैरान पारेको हो ।
यसवर्ष वर्षा कमै भए पनि तीजको समयमा परेको वर्षातका कारण माइत हिँडेका महिलाहरु सडकमा त्यति देखिएनन् । सोमबार परेको विश्वकर्मा पूजाका कारण सार्वजनिक सवारीसाधन कमै चलेकाले पनि चेलीहरुलाई माइतीतर्फको साइतमा केही अप्ठेरो परेको हो ।
सोमबार बिहान यातायातका साधन कम मात्रामा सडकमा देखिएका थिए । विश्वकर्मा पूजाका दिन फलामबाट बनेका औजार र कलकारखाना पुज्ने गरिन्छ । त्यसैले बिहान यातायातका साधन कमै मात्रामा चलेका हुन् ।
अरु वर्षमा भदौमा पर्ने तीज यसपटक मलमास परेका कारण पछि सरेको हो । आज मंगलबार निराहार ब्रत बस्ने भएका कारण महिलाहरुले सोमबार राति मिठा परिकारसहित दर खाएका छन् ।
हरितालिका तीजको दिन विवाहिता महिलाहरु पतिको दीर्घजीवनका लागि र अविवाहिता महिलाले महादेवजस्तो पति पाउने कामना गर्दै ब्रत बस्ने गर्छन् । त्यसैको अघिल्लो दिन दर खाने प्रचलन छ ।

No comments:
Post a Comment
Thanx for your comment