प्रगतिनगर । महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–कावासोतीखण्डमा पर्ने लोकाहाखोलामाथिको पुल सोमबार बिहान भाँचिँदा राजमार्गमा सवारी आवागमन बन्द भएको छ । सिमेन्टले जडान गरिएको फलामको सो पुल विगत एक वर्षदेखि नै भाँचिने अवस्थामा रहेको थियो ।
समयमा नै मर्मत सम्भार हुन नसक्दा सवारी नै ठप्प हुने गरी पुल भाँचिएको हो । पुलको स्टिलको एक भागमा ट्रकले ठक्कर दिएपछि पुल भाँचिएको सडक विभागले जनाएको छ । पुल भाँचिएपछि नारायणगढ–बुटवलखण्डको यातायात विच्छेद भएको छ ।
नारायणगढबाट पश्चिमतर्फ लागेका सवारीसाधनहरु प्रगतिनगरमा रोकिएका छन् भने पश्चिमबाट नारायणगढ जाने सवारीसाधनहरु कावासोती क्षेत्रमा नै रोकिएका छन् । सडक डिभिजन कार्यालय बुटवलले सडक डाइभर्सन गर्ने तयारी गरे पनि खोलामा पानी बढी भएका कारण समस्या सिर्जना भएको छ ।
सडक कार्यालयका इन्जिनियर अर्जुनजंग थापाले पुल बनाउन तत्काल सम्भव नभए पनि डाइभर्सनको प्रयास भइरहेको बताउनुभयो । पुलमा प्रयोग गरिएका स्टिल पाताहरु नेपालमा नपाइने र विदेशबाट मगाउनु पर्ने इन्जीनियर थापाले बताउनुभयो ।
पुल भाँचिने सम्भावना एक वर्षअगाडिबाट भए पनि सडक कार्यालयले छेउछाउमा छेकबार तारजाली लगाइ टालटुलमात्र गरी लापरवाही गरेकाले गर्दा यो समस्या सिर्जना भएको स्थानीय निर्माण व्यवसायीहरु बताउँछन् ।
खोलामा आएको बाढीले पुलको सपोर्टका लागि लगाइको जाली फालेपछि पुल बीच भागबाट भाँचिएको छ । पुल भाँचिएका कारण प्रहरीले सवारीसाधन आवतजावतमा रोक लगाएको छ ।
पुलपार गरेर दैनिक हजारभन्दा बढी सवारीसाधनहरु आवतजावत गर्दछन् भने चाडबाडका बेला लामो दूरीका सवारीसाधनहरु गन्तव्यसम्म पुग्न तत्काल नसक्ने अवस्था भएको नवलपुर प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment
Thanx for your comment