Wednesday, September 5, 2012

एक सय २१ चालक कारबाहीमा

भरतपुर । चितवनका विभिन्न स्थानमा नियम उल्लङ्घन गरी सवारी चलाउने १२१ जना चालक मंगलबार राति कारबाहीमा परेका छन् ।  जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी चितवनको संयुक्त सवारी चेकजाँचको क्रममा मंगलबार राति १२१ जना सवारी चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुबाट प्रहरीले १६ हजार ६०० रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै मादक पदार्थ सेवनविरुद्धको अभियानमा मंगलबार राति कुनै पनि चालक कारबाहीमा नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले चेकजाँचकोे अभियान चलाएपछि चितवनमा सवारी दुर्घटनामा कमी आएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी