रत्ननगर । स्वैच्छिक अवकाश रोजेर शिविर छाडेका लडाकूले आफूहरुले पाउनुपर्ने दोस्रो किस्ताको रकम भदौ मसान्तभित्रमा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनका क्रममा बुधबार बिहान ९ बजेदेखि १० बजेसम्म उनीहरुले पूर्वी चितवनको रत्ननगर–१ बकुलहरचोकमा एक घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्धसमेत पारेका छन् ।
अवकाश रोजेका लडाकूलाई रोजगारीको व्यवस्था, घाइते अपाङ्ग लडाकूको उपचार र आजीवन भत्ता हुनुपर्नेलगायतका माग राखेर आफूहरु आन्दोलनमा उत्रिएका आन्दोलनको अगुवाइ गरेका तात्कालीन बेथान स्मृति ब्रिगेडका बटालियन सहकमाण्डर ऋषिराम मरहठ्ठाले जानकारी दिनुभयो ।
तत्कालीन बेथान स्मृति ब्रिगेडका कम्पनी कमाण्डर कमल थापाले आफूहरुको माग पूरा नभएसम्म आज बिहीबारबाट सुरू हुने भनिएको सेना समायोजनको बा“की कामसमेत अगाडि बढ्न नदिने चेतावनी दिनुभयो । बाबुराम र प्रचण्ड जनमुक्ति सेनाकै बलमा अहिलेको स्थानमा पुगेपनि आफूहरुको योगदान बिर्सिएको उहा“ले गुनासो गर्नुभयो ।
समायोजन रोजेर शिविरमा रहेका लडाकूले अवकाशमा जान चाहे एकमुष्ठ रकम दिएर बिदा गर्ने तथा अवकाश रोजेर पहिलो किस्ता रकम बुझिसकेका लडाकूलाई दोस्रो किस्ता रकम कार्तिक महिनामा वितरण गर्ने सेना समायोजन तथा लडाकू रेखदेख विशेष समितिको निर्णय सार्वजनिक भएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनिहरुले चाडपर्वअघि नै रकम पाउनुपर्ने बताएका छन् ।

No comments:
Post a Comment
Thanx for your comment