Wednesday, September 5, 2012

वन्यजन्तु तथा चराचुरुङ्गीको अध्ययन सुरू

मंगलपुर । नयाँ प्रविधिमार्फत पश्चिम चितवनको ज्ञानेश्वर र सेतीदेवी सामुदायिक वनमा रहेका वन्यजन्तु तथा चराचुरुङ्गी तथा पुतलीको अध्ययन सुरू भएको छ । क्यामरा ट्रापिङ प्रविधिमार्फत नेपालमै पहिलोपटक सामुदायिक वनले वन्यजन्तु तथा चराचुरुङ्गीहरुको अध्ययन सुरू भएको हो ।
दुईवटा वनको करिब चार सय हेक्टर वन क्षेत्रफलमा १५ वटा स्वचालित क्यामरा जडान गरी अध्ययन सुरू भएको हो । स्थानीय सामुदायिक वनको सहयोगमा ‘प्रकृतिका साथीहरु’ नामक गैरसरकारी संस्थाले सो अध्ययन सुरू गरेको सेतीदेवी सामुदायिक वनका अध्यक्ष दीपक अधिकारीले जानकारी दिनुभयो ।
यस कार्यबाट सेतीदेवी तथा ज्ञानेश्वर वन क्षेत्रलाई पर्यापर्यटनमार्फत विकास गर्न सहयोग पुग्ने प्रकृतिको साथी नामक संस्थाका संयोजक प्रेम न्यौपानेले बताउनुभयो । पहिलो पटक सुरू गरिएको अध्ययनलाई एक वर्ष लगाएर पूरा गर्ने संस्थाका वन व्यवस्थापन संयोजक प्रेम न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक एवम् चराविद् राजु आचार्य, वन्यजन्तु संयोजक यादव घिमिरेसहित दुई जना सोधपत्र तयार गर्ने विद्यार्थीसहितको टोली पाँच दिनदेखि वन क्षेत्रमा खटिएको छ । उक्त टोलीले पाँच दिन लगाएर १२ प्रजातिका पुतली र ६० प्रजातिका पंक्षी फेला पारेको चराविद् आचार्यले जानकारी दिनुभयो । 


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी