रत्ननगर । दैनिक उपभोग्य सामग्री बिक्रीवितरण गर्ने रत्ननगरका अधिकांश किराना पसलहरुमा मूल्यसूची नभएको पाइएको छ । खाद्य निरीक्षण समितिले पूर्वी चितवनको टा“डी बजारमा गरेको अनुगमनका क्रममा मूल्यसूची नभएको र अधिकांश पसलमा म्याद नाँघेका खाद्य सामग्री भेटिएको समितिले जनाएको छ ।
खाद्य निरीक्षण समिति चितवनको टोलीले बुधबार रत्ननगरका विभिन्न पसलमा गरेको अनुगमनका क्रममा सन्तोषजनक बिक्रीवितरण नभएको पाइएको जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा गठित अनुगमन टोलीले बजारमा निरीक्षण गरेको थियो ।
टोलीमा खाद्य निरीक्षक नवीन देउजा, खाद्य निरीक्षण इकाइ, घरेलु कार्यालय, रत्ननगर उवासंघ, रत्ननगर नगरपालिकाका प्रतिनिधि तथा प्रहरीहरुको सहभागिता रहेको छ । निरीक्षणका क्रममा उपभोग्य सामग्री बिक्रीवितरण गर्ने पसलमा मिति सकिएका खाद्य सामग्री भेटिएका र सामान बिक्रीवितरणमा बिक्रेताले सावधानी नअपनाएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो ।
पसल तथा बिक्री केन्द्र गरी सातवटामा गरिएको निरीक्षणमा क्रममा सबैमा मूल्यसूची नरहेको र अधिकांश पसलले तराजुसमेत दर्ता नगरेको पाइएको उहा“ले बताउनुभयो । केही पसलमा सामान्य सुधार गरेपनि निरीक्षणका क्रममा देखिएका पसलहरुमा फोहोर, मिति सकिएको सामग्री भेटिएको खाद्य निरीक्षक देउजाले बताउनुभयो ।
‘हामीले एक पटकको लागि सचेत गराएका छौं, फेरि पनि भेटिए कारबाहीको प्रक्रियाअगाडि बढाउँछौं’, अनुगमन समितिका संयोजक गेलालले भन्नुभयो । अनुगमनका क्रममा मूल्यसूची राख्न, म्याद नाँघेका सामग्री बिक्रीवितरण नगर्न र पसल अनिवार्य रुपमा दर्ता गर्न अनुरोध गरिएको उहा“ले बताउनुभयो ।
‘रत्ननगर बजारको प्रमुख समस्या भनेको मूल्यसूचीको रहेछ’, तत्काल मूल्यसूची राख्न निर्देशनसमेत दिइएको खाद्य निरीक्षक देउजाले भन्नुभयो । टोलीले रत्ननगरको बकुलहरमा रहेको खतिवडा किराना पसल, वाग्लुङकाली किराना पसल, बद्री इन्टरप्राइजेज, रेहान कोल्ड स्टोर्स, रिमाल कोल्र्ड स्टोर्स, टा“डीको कोशेली स्टोर्स, मैनाली इन्टरप्राईजेज र जयमातादी किराना पसलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा खतिवडा किराना पसलमा म्याद नाँघेको पापड, वाग्लुङकाली किराना पसलमा म्याद नाँघेका धूलो खुर्सानी, मसला, रेहान कोल्ड स्टोसमा कुरकुरे, नमकिन र चिजबल्स, बद्री इन्टरप्राइजेजमा बिस्कुट र जयमातादी किराना पसलमा पापड, कुरकुरे र लेज म्याद नाँघेको पाईएको खाद्य निरीक्षक देउजाले जानकारी दिनुभयो ।
चाडपर्व नजिकिँदै गरेपछि नेपाल सरकारको नेतृत्वमा स्थानीय तहबाटै बजार अनुगमनलाई निरन्तरता दिनको लागि टोली खटाइएको छ । चितवन बाहिरका जिल्लामा यसअघि टोलीले काम गरेपनि चितवनको बजारमा भने आइतबारबाट मात्र अनुगमन सुरू गरिएको हो ।

No comments:
Post a Comment
Thanx for your comment