नारायणगढ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्सेर राणाले प्रमुख तीन दलको सिन्डिकेटका कारण देश बर्बादीतर्फ गएको आरोप लगाउनुभएको छ ।
चितवनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकीकरणपश्चात् राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीको घोषणाका लागि नारायणगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राणाले यस्तो आरोप लगाउनुभएको हो ।
‘देश तीन दलले सिन्डिकेट गरेका कारण बर्बादीतर्फ जाँदै छ’, उहाँको गम्भीर आरोप थियो, ‘सिन्डिकेटकै कारण हिजो संविधान बनाउन सकेनन् । अहिले पनि संविधान बनाउने भनेर तीन दल लागेका छन् तर यो प्रयास पनि निरर्थक हुनेछ ।’ संविधान नबन्नुको दोष पनि तीन दलकै भएको टिप्पणी उहाँको छ ।
उहाँले अहिले पनि तीन दलले संविधान बनाउने प्रयास गरेपनि नसक्ने दावी गर्दै सबै पार्टीलाई विश्वासमा लिएर अघि बढेमात्रै संविधान जारी हुने धारणा राख्नुभयो । पार्टी एकतामा नै बल भएको बताउँदै उहाँले राप्रपा नेपाल पनि एकताको बिन्दुमा आउने विश्वास व्यक्त गर्नुभयो ।
‘अहिले प्रजातन्त्र संकटमा छ । सत्तासीन दलहरुका कारण राष्ट्रियता पनि खतरामा छ । यस्तो अवस्थामा राष्ट्रवादीहरु बीचमा एकता जरुरी छ’, उहाँले अगाडि थप्नुभयो, ‘एकताको आधार भनेको विद्यमान संवैधानिक व्यवस्थामा बसेर खोजांै भन्ने हो ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहोनीले राष्ट्रियता उपयोगवादमा प्रयोग भएका कारण मुलुक संकटमा परेको बताउनुभयो ।
‘पछिल्लो उदाहरणमात्रै पनि तेहरानमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीलाईसमेत थाहा नदिई एक्लै छिमेकी देशका प्रधानमन्त्रीलाई भेटेको कुराले पनि राष्ट्रियता कहाँसम्म छ भन्ने प्रष्ट पार्छ’, उहाँले आक्रोश पोख्दै भन्नुभयो, ‘जहिले पनि जहाँ पनि उपयोगवादका कारण राष्ट्रियता खतरामा परेको छ, पहिला त्यो उपयोगवादको अन्त्य हुन जरुरी छ ।’
राप्रपा चितवनका अध्यक्ष रामहरि कँडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टी एकता समितिका सचिव ठाकुर शर्मा, राप्रपाका सहमहामन्त्री विक्रम पाण्डे, राष्ट्रिय जनशक्ति पार्टीका सहमहामन्त्री वीरसिंह ठकुरी, केन्द्रीय सदस्यहरु बुद्धिमान तामाङ, जगत गौचनलगायतले बोल्नुभएको थियो ।
यसअघि, राप्रपाका अध्यक्ष पशुपतिशम्सेर राणाले राप्रपा नेपालसँगको एकीकरणको पहल जारी नै रहेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राणाले पार्टी एकीकरण हुने दावी पनि गर्नुभयो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंगलबारमात्रै काठमाडौंमा पार्टी एकीकरणको ढोका बन्द भएको घोषणा गरेकोप्रति आफूलाई जानकारी नभएको राणाले बताउनुभयो । उहाँले राप्रपाको बटमलाइन गणतन्त्रमा मतदान गरिसकेकाले पनि स्पष्ट भएको स्पष्ट पार्नुभयो ।
नेता राणाले वार्ता र संवादबाटै पार्टी एकीकरण प्रक्रियाअगाडि बढाइने बताउनुभयो । राणाले अहिलेको राजनीतिक निकास तीन प्रमुख दललेमात्रै दिन नसक्ने दाबी गर्दै उचित विकल्प निर्वाचन नै भएको बताउनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment