गैंडाकोट । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वसभासद् चित्रबहादुर केसीले नेपालमा जनताको माग र चाहनाका आधारमा नभई विदेशीको इच्छामा संघीयता आएको बताउनुभएको छ । जातीय संघीयता चीनको स्वशासित क्षेत्र तिब्बतलाई नियन्त्रणमा दिने उद्देश्यअनुरुप भित्रिएको उहाँले बताउनुभयो ।
पुराना स्वास्थ्यकर्मी तथा राजनीतिककर्मी गणेशप्रसाद शर्माको स्मृति दिवसमा बुधबार गैँडाकोटमा आयोजित ग्रन्थ विमोचन कार्यक्रममा उहाँले सो विचार व्यक्त गर्नुभएको हो । चीन र भारत दुबैले नेपालमा जातीय राज्य नरुचाएको नेता केसीले बताउनुभयो ।
दुई छिमेकीको यही चाहना बुझेर नै एकीकृत माओवादीले मंगलबारमात्रै बहुपहिचानका आधारमा प्रदेश निर्माणको कुरा गरेको केसीको भनाइ छ । बहुजातीय प्रदेशमा समर्थन गरेको भए संविधान जारी हुने अवस्था रहेको उनको भनाइ छ ।
‘यो कुरा प्रचण्डले हिजो पनि चाल नपाएका होइनन् तर बहुपहिचानको आधारमा प्रदेश बनाउँदा पार्टी फुट्ने हो कि भन्ने डरले सहमति नगरेका हुन् । अब पार्टी नै नजोगिएपछि बहु पहिचान मान्न तयार भए’, केसीको तर्क थियो ।
नेपालमा दंगा बढाएर तिब्बत छिर्ने पश्चिमाहरुको चालको रुपमा जातीय राज्यको कुरा आएको भन्ने विश्लेषण चीनले गरेको केसीको भनाइ थियो । ‘जातीय राज्य कलहको बीउ हो । रक्तपात हुन्छ । त्यो रक्तपात रोक्न नेपालको सुरक्षा संयन्त्रले सक्दैन अनि बाह्य सेना आउने छन् । ती बाह्य सेनाले तिब्बतमा समेत अस्थिरता निम्त्याउन खोज्ने छन् भन्ने कुरा चीनले बुझ्यो र मुखै खोलेर विरोध ग¥यो’, केसीले भन्नुभयो ।
मधेसमा क्षेत्रीयताको आधारमा एकै राज्य हुनुपर्ने भारतको चाहना रहे पनि जातीय राज्य उसको सरोकार होइन भन्ने केसीको भनाइ थियो । ‘यो त संविधानसभामा रहेका जनजाति नेताहरुलाई एकै ठाउँमा जम्मा गराएर ककस नामक समूह बनाई उनीहरुलाई सिकाउने पश्चिमाहरुको चाल मात्रै हो’ केसीले भन्नुभयो ।
नेपालजस्तो देशका लागि संघीयता घातक भए पनि जातीय संघीयता झनै घातक हुने केसीले बताउनुभयो । एकल जातीय पहिचानसहितको संघीयता छाडेका दलहरुले बिस्तारै संघीयता नै त्याग्ने उहाँको दावी थियो ।
‘वास्तवमा यो संघीयता दलहरुका लागि घाँटीमा अड्केको हड्डीजस्तो भएको छ । ननिल्न सक्छन् न ओकल्न नै भएको छ’, केसीले भन्नुभयो । नेपालमा प्रजातान्त्रिक विकेन्द्रीकरणमा आधारित राज्य व्यवस्थाले नै सबैको हित गर्ने केसीको विचार थियो । मुख्यमन्त्री र मन्त्री बन्ने चाहनाले मात्रै नेताहरुले संघीयताको वकालत गरेको उहाँले बताउनुभयो ।
‘संघीयताको सबैभन्दा खराब कुरा नेताले देशको भन्दा बढी चिन्ता आफ्नो जातको र क्षेत्रको मात्रै गर्छ । यसो गर्दा नेपाली समाज नै विभाजित हुन पुग्छ’, केसीले खतरा औंल्याउनुभयो । समाज र दल एक नहुँदासम्म नेपालको विकास नहुने उहाँले प्रष्टाउनुभयो । तर संघीयताको मुद्दाले हर दलमा कलह, समाजमा कलह र विभाजन बढाएकाले यसको परिणाम घातक हुने उहाँको भनाइ छ ।
जेठ १४ गते समय सकिएको संविधानसभाको पुनस्र्थापना हुन नहुने केसीले बताउनुभयो । सानो आकारको संविधानसभाको व्यवस्था गरेर नयाँ निर्वाचनमा जानु नै उपयुक्त हुने उहाँको विचार छ । केसीले भन्नुभयो, ‘जम्बो टोली होइन, सानो आकारको संविधानसभाको व्यवस्थासहित नयाँ निर्वाचन गरौं । त्यसले एक वर्षभित्र संविधान बनाउनु पर्छ । अनि बाँकी चार वर्ष संसदको काम गर्छ ।’

No comments:
Post a Comment
Thanx for your comment