गुल्मी (धुर्कोट) । गुल्मीको हर्दिनेटामा आइतबार बिहान बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
तम्घासबाट काठमाडौँका लागि गुडेको लु१ख ५५८३ नम्बरको बस हर्दिनेटा–६ मधुरेमा दुर्घटना भएको हो । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते छन् भने सातजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेहरूलाई उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको छ भने अन्यलाई गुल्मी अस्पताल ल्याइएको छ ।
मृत्युहुनेहरूमा तम्घास–१ का ३३ वर्षीय विष्णुप्रसाद पन्थी, तम्घास–३ का अन्दाजी ४० वर्षीय छमकला कुँवर, उनका २१ वर्षीय छोरा निरज कुँवर, मरेङ–५ अर्घाखाँचीका गणबहादुर क्षत्री, दरबारदेवीस्थान–३ गुल्मीका पुतला अर्याल, अर्थला–५ गुल्मीका ३५ वर्षीय पेमलाल पाण्डे, पिपलधारा–७ गुल्मीका ३० वर्षीय लक्ष्मी खनाल, वीरवास–८ गुल्मीका ५८ वर्षीय टेकबहादुर सोमरे, भगवती–२ अर्घाखाँचीका ४० वर्षीय लालकुमार श्रेष्ठ र वाङ्ला अर्घाखाँचीका चन्दा भुसाल रहेका छन् । एकजनाको सनाखत हुन बाँकी रहेको घटनास्थलबाट हाम्रा समाचारदाताले जनाएका छन्

No comments:
Post a Comment
Thanx for your comment