Sunday, September 9, 2012

एम्बुलेन्ससहित चालक बेपत्ता

त्रिशूली । चारघरेस्थित त्रिशूली नदीमा खसेर चालकसहित एक एम्बुलेसन्स बेपत्ता भएको छ ।
आइतबार मध्याह्न १२ बजेतिर बा८च ७९६० नम्बरको एम्बुलेन्स चारघरे गाविस वडा नं. २ मान्द्रेढुङ्गाबाट त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । नेपाल भूतपूर्व सैनिक सङ्घद्वारा सञ्चालित एम्बुलेन्सका चालक किम्ताङ–७ का ५८ वर्षीय चन्द्रबहादुर तामाङ पनि एम्बुलेन्ससँगै बेपत्ता भएका छन् ।
खोलामा पानीको बहाब ठूलो भएकाले एम्बुलेन्स कहाँ पुग्यो भन्ने पत्ता लागेको छैन । एम्बुलेन्स खसेको क्षेत्र वरपर प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् ।





No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी