परासी । नवलपरासीस्थित मुकुन्दपुरको ककरसोत खोलामा १४ वर्षपछि पक्की पुल बनेपछि यस क्षेत्रका बासिन्दा खुसी भएका छन् । मुकुन्दपुरको हर्कपुर र मालपुर–मटिकुरी जोड्ने ककरसोत खोलामा २५ मिटर लामो पुल निर्माण गरिएको हो ।
शिलान्यास भएको १४ वर्षपछि पुल निर्माण कार्य सम्पन्न भएपछि त्यस क्षेत्रका सर्वसाधारणमा हर्ष छाएको हो । स्थानीय गाउँलेले पुल बनेको खुसियालीमा पञ्चेबाजासहित कार्यक्रमसमेत गरेका छन् ।
मान्छे बिरामी हँुदा होस् या स्कुले बालबालिकालाई विद्यालय जान होस् यसअघि खोलाले हैरानी दिने गरेको थियो । तर अब पुल बनेपछि आफूहरूको समस्या समाधान भएको मुकुन्दपुरका गुप्ता रेग्मीले बताउनुभयो ।
पुल नहँुदा साइकल तर्न, हिँड्न समस्या हुने गाउँमा अहिले पक्की पुल बनेपछि सबैका लागि सजिलो भएको मुुकुन्दपुर गाविसका पूर्वअध्यक्ष यमुनाथ आचार्यले बताउनुभयो ।
विसं. २०५५ मा शिलान्यास भएको ककरसोत खोलाको पुल निर्माणसँगै गाउँमा यातायात सुविधा पुगेको छ ।

No comments:
Post a Comment
Thanx for your comment