देवघाट । चितवन र तनहूँको संगम पवित्र धार्मिक तीर्थस्थल देवघाटमा जंगलबाट आएका बाँदरले स्थानीयहरुलाई हैरान पारेका छन् । बाँदरले स्थानीयको घरमा आएर बदमासी गरिदिँदा उनीहरु हैरान परेका हुन् ।
जंगली बाँदर घरमा आएर सामान फालिदिने र मानिसलाईसमेत एक्लो अवस्थामा देखे आक्रमण गर्न खोज्ने गरेको स्थानीयहरु बताउँछन् । बाँदरले हैरान पारिरहँदा आफूहरुले केही गर्न नसकेको उनीहरुको भनाइ छ । ढोका लगाएर बाहिर जाँदा बाँदरले घरको बार्तली र अन्य स्थानबाट घरभित्र पसेर सामान यत्रतत्र फालिदिने गरेको स्थानीय जयन्ती अधिकारीले बताउनुभयो ।
‘के गर्ने ढोका लगाएर हिँड्दासमेत बाँदरले सताउन छाड्दैन’, उहाँले भन्नुभयो, ‘कताकताबाट भित्र छिर्छन र भाँडाकुडाँ फालिदिन्छन्, बाँदर न परे ।’ बन्द गरेको झ्याल खोलेर बाँदर भित्र पस्ने गरेको उहाँले गुनासो पोख्नुभयो ।
बाँदरकै कारणले बारीमा लगाएको तरकारी खान नपाएको उहाँको भनाइ छ । ‘बारीमा तरकारी लगाएर के गर्नु खाने बेलामा बाँदरले नास गरिदिन्छ’, उहाँले भन्नुभयो, ‘भएभरका बाँदरहरु एकैपटक बारीमा पसेर फलमात्र नभई बारीका बिरुवा, तरकारीका बोट नै भाँचिदिन्छन् ।’
उहाँमात्र होइन देवघाटका सबैजसो बासिन्दा बाँदरका समस्यामा परेको बताउँछन् । देवघाटकै स्थानीय सीता शर्माले कुनै उपाय लगाएर पनि बाँदरको दुःखबाट उम्किन नसकेको बताउनुभयो । बाँदरलाई घरभित्र पस्नबाट रोक्नका लागि स्थानीयले घरको छानो तथा वार्तलीमा सिँउडी राखे पनि बाँदर भित्र पस्न नछाडेको उहाँको भनाइ छ ।
‘छानामा सिँउडी राखेपनि त्यसलाई फालेर भित्र पस्छन’, शर्माले भन्नुभयो, ‘कुनै उपायले पनि काम गरेको छैन् ।’ यता बाँदरकै कारण देवघाट आउने तीर्थयात्रीहरु पनि समस्यामा पर्ने गरेका छन् । मन्दिरमा दर्शन गर्न आउनेहरुले ल्याएका फलफूल बाँदरले खोस्ने गर्दछन् । ‘मन्दिरमा चढाउन भनेर ल्याएको फलफूल मन्दिरमा नै नपुगी बाटैमा बाँदरले खाईदिन्छन्’, मन्दिर दर्शन गर्न आउनुभएकी माया क्षेत्रीले बताउनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment