Sunday, September 9, 2012

गाँजासहित १० जना पक्राउ

भरतपुर । चितवन प्रहरी कार्यालय चितवनले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पश्चिम चितवनको जगतपुरबाट ३५ ग्राम अवैध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका हुन् । भरतपुरमा आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले माडी कल्याणपुर गाविस वडा नम्वर २ का १९ वर्षीय सविन गिरी र वडा नम्वर ९ का ३५ वर्षीय सागर राईलाई सुराकीको आधारमा पक्राउ गरेको जानकारी दिएको छ ।
सादा पोसाकमा रहेका प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रवि पौडेलले जानकारी दिनुभयो । उनीहरुलाई आवश्यक कारबाहीका लागि अनुसन्धान अघि बढाइएको छ ।
अवैध लागूऔषधविरुद्ध अप्रेशनमा उत्रिएको प्रहरीले बारा, पर्सा र मकवानपुरबाट ११ क्विन्टलभन्दा बढी परिमाणमा रहेको अवैध लागूऔषध गाँजासहित सो कारोबारमा सम्लग्न एक नाबालकसहित ६ जनालाई पक्राउ गरेको छ ।
त्यस्तै पर्साको विश्रामपुरमा आइतबार बिहान प्रहरीले छापा मारी ८ क्विन्टल अवैध लागूऔषध गाँजा बरामद गरेको छ । विश्रामपुर गाविस वडा नम्बर ९ निवासी बंकर साह कलवारको घरमा छापा मारी प्रहरीले ८ क्विन्टल गाँजा बरामद गरेको पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले बताउनुभयो  ।
मकवानपुर प्रहरीले आइतबार बिहान लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लक्ष्मीपुर निवासी २७ वर्षीय कौशल साह र ८ वर्षीय बालक सुशील गिरी रहेका छन् ।
उनीहरुको साथमा रहेको ३ वटा झोलबाट प्रहरीले २० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।




No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी