Monday, September 10, 2012

चामल कुहिएपछि सचिवलाई जरिवाना

सिद्धि । चितवनको विकट पहाडी गाविस सिद्धिमा चेपाङ समुदायका लागि वितरण गर्न ल्याइएको चामल कुहिएर खेर गएपछि गाविसका सचिवलाई १३ बोरा चामल जरिवाना गराइएको छ ।
गाविस सचिव लोकप्रसाद भट्टराईको ढिलासुस्तीका कारण सरकारले प्रदान गर्न लागेको चामल कुहिएपछि उनलाई १३ बोरा चामल जरिवाना गराएको हो ।
जिल्ला विकास समिति चितवनले सो चामल सचिव भट्टराईले निजी खर्चमा किन्नु पर्ने निर्णय आइतबार गरेको थियो । सो चामल सोमबार चेपाङहरुलाई चामल र कपडा वितरण गरिएको छ ।
जिविस चितवनले सोमबार ४० परिवार चेपाङलाई चामल र कपडा वितरण गरेको हो । निमित्त स्थानीय विकास अधिकारी दुर्गाभक्त शर्माले चेपाङहरुलाई चामल र कपडा वितरण गर्नुभएको हो ।
एक महिनाअघि प्रधानमन्त्री सिद्धि भ्रमणमा आउँदा सरकारले प्रदान गर्न लागेको चामल, हेफर इन्टरनेशनल सिद्धिको कार्यालयभित्रै कुहिएर खेर गएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी