Thursday, September 13, 2012

साहित्यकार नन्दनलाई सम्मान गरिने

नारायणगढ । साहित्यकार प्रेमविनोद नन्दनलाई सम्मान गरिने भएको छ । भदौ ३० गते नारायणगढमा आयोजना हुने कार्यक्रममा साहित्यकार नन्दनलाई सम्मान गर्न लागिएको हो ।
कविडाँडा साहित्य समाज चितवन र नारायणी कला मन्दिर नारायणगढको संयुक्त आयोजनामा हुने कार्यक्रममा साहित्यकार नन्दनलाई ‘देवखिना स्मृति कविडाँडा साहित्य सम्मान–२०६९’ ले सम्मान गर्न लागिएको बिहीबार नारायणगढमा आयोजित पत्रकार कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एलबी क्षेत्रीले नन्दनलाई सम्मान गर्न प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँला चितवन आउने जानकारी दिनुभयो । सोही कार्यक्रममा चरैवति साहित्यिक त्रैमासिक पत्रिकाको ‘नन्दन’ विशेषाङ्कको समेत विमोचन गरिने पत्रिकाका सम्पादन सदस्य भूपिन ब्याकुलले जानकारी दिनुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी