भैरहवा । शान्तिका दूत गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा विकासका लागि गरिएका प्रयास कागजमा मात्र सीमित रहेका छन् ।
सन् १९९६ मा जापानी वस्तुकलाविद्
प्राध्यापक केन्जो टाँगेमार्फत तयार पारिएको पन्ध्रवर्षे लुम्बिनी
गुरुयोजनासमेत अझ पूरा हुनसकेको छैन । लुम्बिनीलाई अन्तर्राष्ट्रिय
क्षेत्रमा इसाइहरुको जेरुसेलम, मुस्लिमहरुको मक्का मदिना र बुद्ध
धर्माबलम्बीहरुका लागि लुम्बिनी ठूलो धार्मिक स्थलकारुपमा अन्तराष्ट्रिय
जगतमा परिचित गराउन सकिन्छ ।
लुम्बिनीको विकासका लागि राष्ट्रिय तथा
अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न चर्चाहरु हुने गरे पनि तिनले मूर्त रुप
लिन सकेका छैनन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर
क्षेत्री लुम्बिनी नेपालको मात्र नभएर विश्वकै एक महत्वपूर्ण पूरातात्विक
स्थान रहेको र जसरी यसको आस्था विश्वमा बढिरहेकाले आर्थिक, सांस्कृतिक र
सामाजिक विकास अगाडि बढाउन राज्य तहबाट पहल भइरहेको बताउनुहुन्छ ।
भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस
प्रमुख डा घनश्याम न्यौपानेले लुम्बिनी विकास कोषले बुद्धको प्रचारका लागि
जसरी अगाडि बढ्नुपर्ने हो, त्यो हुन नसकेको बताउनुभयो । एक दुईजनाले
चाहँदैमा लुम्बिनीको विकास सम्भव नभएकाले सबैमा लुम्बिनी हाम्रो हो भन्ने
भावना भएमा यहाँको विकास गर्न सजिलो हुने स्थानीय पत्रकार चेतन पन्तको भनाइ
छ ।
दस लाख पर्यटक भित्रयाउने उद्देश्यका साथ
घोषणा भएको लुम्बिनी भम्रण वर्ष २०१२ पनि अन्तिमतिर आइसक्दा पनि लक्षअनुसार
पर्यटक आगमन हुन सकेको छैन । लुम्बिनी विकास कोषका सूचना प्रमुख हरि राईका
अनुसार भ्रमण वर्षको सुरुदेखि हालसम्म लुम्बिनीमा भारतीय पर्यटक ९१ हजार
५१६ र तेस्रो मुलुकका ६० हजार ७१३ मात्रले लुम्बिनीको भ्रमण गरेका छन् ।
यस अवधिमा नेपाली पर्यटक सङ्ख्या भने
उल्लेखनीय छ । यस वर्ष सुरुदेखि हालसम्म तीन लाख छ हजार ८७ नेपालीले
लुम्बिनीको भ्रमण गरेका छन् । रासस
No comments:
Post a Comment
Thanx for your comment