काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि भई आज रु ५९ हजार ९०० पुगेको छ ।
केही सातादेखि सुनको मूल्य वृद्धि हुनेक्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी सङ्घले गत साताको तुलनामा आज छापावाला सुनको मूल्यमा प्रतितोला रु ७०६ ले वृद्धि भएको जनाएको छ । गत साता प्रतितोला रु ५९ हजार १९४ मा कारोबार भएको थियो ।
एकसाताको बीचमा सुनको मूल्यमा पटकपटक वृद्धि भई शुक्रबार प्रतितोला ५९ हजार पुगेको थियो भने आज पुनः रु ९०० वृद्धि भई रु ५९ हजार ९०० मा कारोबार भएको हो ।
त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला रु ५९ हजार ६५० कायम भई बजारमा कारोबार भएको छ । सोको मूल्य अघिल्लो साता प्रतितोला रु ५८ हजार ९४४ थियो । चाँदीको मूल्य गत साता प्रतितोला रु एक हजार १२५ मा कारोबार भएकामा आज रु २० ले वृद्धि भई रु एक हजार १४५ कायम भएको छ ।
सङ्घका सचिव देशरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको अवस्था कमजोर रहेको र पूर्वी युरोपका बैंकले सुनको मौज्दातमा अत्यधिक वृद्धि गरेकाले सोको मागमा वृद्धि भई आपूर्तिमा अभाव देखिएकाले सुनको मूल्यमा वृद्धि आएको जानकारी दिनुभयो । रासस

No comments:
Post a Comment
Thanx for your comment