काठमाण्डौं । मलेसियामा जारी आईसीसी
वल्र्ड क्रिकेट डिभिजन फोरमा नेपालले अमेरिकासामू २ सय ५९ रनको लक्ष्य
प्रस्तुत गरेको छ । मलेसियाको किनारा एकेडेमी ओभलमा टस जितेर पहिले
व्याटिङमा उत्रिएको नेपालले ओपनर सुवास खकुरेलको सतकीय प्रहारसंगै नेपालले
पुरै ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५८ रन जोडेको हो ।
नेपालका लागि ओपनर सुवास खकुरेलले
सर्वाधिक १ सय १५ रन जोडे । यस्तै ज्ञानेन्द्र मल्लले ४६, कप्तान पारस
खड्काले ४१, अनिल मण्डल २०, प्रदीप ऐरी १४, विनोद दासले ७ तथा बसन्त
रेग्मीले ६ रन जोडे । भने शक्ति गौचन र सञ्जाम रेग्मी समान एक-एक रन जोड्दै
नटआउट रहे। सुवासले १ सय ४२ बलको सामना गर्दै २ छक्का र १० चौका प्रहार
गरे । सरद भेष्वाकर भने सून्य रनमै पेभिलियन फर्के । अमेरिकाले केहीबेरमा
जवाफी व्याटिङ गर्नेछ।
नेपालले आजको खेल जिते एक खेल खेल्न
बाँकी छदै डिभिजन ३ मा उक्लिने छ । नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ५
विकेटले, दोस्रो खेलमा तान्जानियालाई ८ विकेट र तेस्रो खेलमा घरेलु टोली
मलेसियालाई १० विकटेको फराकिलो जित निकालेको थियो ।
source: onlinekhabar
No comments:
Post a Comment
Thanx for your comment