भरतपुर । नेकपा–माओवादी निकट विद्यार्थीहरुको संगठन अखिल (क्रान्तिकारी) चितवनको २७ आँै जिल्ला सम्मेलन शुक्रबारबाट भरतपुरमा सुरु भएको छ । सम्मेलनको एक कार्यक्रमका विच भरतपुर क्यान्सर अस्पतालमा संगठनका पूर्व केन्द्रीय अध्यक्ष एवम् विद्यार्थी फ्याक्सन इञ्चार्ज लेखनाथ न्यौपानेले उद्घाटन गर्नुभयो ।
सम्मेलनको उद्घाटन गर्दै न्यौपानेले नेपालमा उच्च शिक्षाको नीति नभएका कारण शैक्षिक वेरोजगारि उत्पादन भएको बताउनुभयो । ‘नेपालमा उच्च शिक्षाको नीति नै छैन्, कति जनशक्ति कुन क्षेत्रलाई आवश्यक छ त्यसको लेखा जोखा नै नहुँदा शैक्षिक वेरोजगारि उत्पादन भइरहेको छ’, उहाँले भन्नुभयो । नेपाल कृर्षी प्रधान मुलुक भइकन पनि कृषी क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नसकेको उहाँको भनाई थियो ।
‘रामपुर कृर्षी क्याम्पस यही छ, जुन विश्वविद्यालय वन्दै छ, त्यसले कुन क्षेत्रमा कति जनशक्ति उत्पादन गरेर किसानको खेत खेतमा पु¥याउनुपर्छ त्यसको लेखा जोखा नै छैन्’, उहाँले व्यङ्ग्य गर्दै भन्नुभयो, ‘शैक्षिक स्तर यती सम्म खस्केको छ की नर्सिङ् पास गरेर निस्केका विद्यार्थीहरुले कोटवाहिरबाटै सुई लगाउन थाले ।’ विद्यार्थीहरुले शैक्षिक सुधारका मुद्दाहरुलाई उठान गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो ।
शिक्षा क्षेत्रमा भ्रष्टीकरण बढिरहेका प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘विद्यार्थी आन्दोलनलाई अगाडि बढाउने ठेक्का लिएका हरु नै मन्त्रीका पीए र उपपिए वनेर शैक्षिक ठेकेदारहरुसँग साँठगाँठ गर्दै हिड्न थालेका छन्’, उहाँले एमाओवादी निकट विद्यार्थी नेताहरुलाई लक्षीत गर्दै प्रश्न गर्नुभयो, ‘दिनभरी मन्त्रीको झण्डावाल गाडिमा सयर गर्ने राति परेपछि शैक्षिक माफियासँग वार्तामा वस्ने र विहान विद्यार्थीको वैठकमा आएर विद्यार्थी आन्दोलन सफल हून्छ ?’
एक अर्काे प्रसंगमा उहाँले एकीकृत नेकपा माओवादीले देशलाई भुटानीकरण तर्फ लैजाँदै सिक्किमीकरण गराउन खोजेको आरोप लगाउनुभयो । ‘हाम्रो दक्षिणको छिमेकी वदमास छ तर त्यो भन्दा पनि हाम्रा शासकहरु वदमास भए’, उहाँले भन्नुभयो, ‘यदी हाम्रा नेताहरुमा अलिकति पनि राष्ट्रभक्ति हुन्थ्यो भने जति वदमास भए पनि छिमेकीलाई तह लगाउन सकिन्थ्यो । भरत नेहरुको टगड्रिम अन्तगर्त नेपाललाई चलाउन चाहेको र नेपाली शासकहरु त्यसैको पछि लागेको उहाँको आरोप थियो ।
‘सरकारमा नहुँदा नेपाली किसान र सुकुम्वासीलाई आफ्ना परममित्र ठान्ने वाबुराम सरकारमा गए पछि प्रहरीको आडमा सुकुम्वासीको टहरामा डोजर चलाएर वालुवाटारमा मजाले सुतिरहेका छन्’, उहाँले भन्नुभयो, ‘वावुरामले धेरै ठाँउमा चालिस वुँदे मागका बारेमा भाषण गर्दै हिँडे अहिले तिनैलाई भुलेका छन् ।’ प्रधामन्त्री बाबुराम भट्टराई सिद्धि आएको प्रसाङ् जोड्दै पूर्व अध्यक्ष न्यौपानेले मुलुका विद्वान प्रधानमन्त्रीले सिद्धिमा आएर नाटक मञ्चन गरेकोे आरोप लगाउनुभयो । ‘हामीले पहिले नै चेपाङ्का वच्चाहरुलाई उच्च शिक्षाको ग्यारेण्टीको माग गरेका थियौँ तर उनी सिद्धि गएर एक एक वोरा चामल बाँडेर नाटक मञ्चन गरे’, उहाँले भन्नुभयो ।
जनु नेपाली जनतालाई विद्वान प्रधानमन्त्री भए पछि के के न हुन्छ भन्ने भ्रम परेको थियो त्यो च्यातिएको न्यौपानेले दावि गर्नु भयो, ‘बाबुुरामले दुवै हातले लेख्छ, भिडभाड गाडिमा उभिएर पढ्छ, यो प्रधान मन्त्री भए देशमा के के हुन्छ भन्ने नेपाली जनताको भ्रम अहिले चिरिएको छ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा–माओवादीका केन्द्रीय सदस्य अनिलशर्मा विरहीले एकीकृत नेकपा माओवादीले नेपाली जनतालाई वेचेको आरोप लगाउनुभयो, ‘जसरी एउटा दलाले गरिव चेलीलाई फकाएर शहरमा लगेर वेच्छ, त्यसरी नै हाम्रा भुपु अध्यक्ष र केही नेताहरुले नेपालीका सपनालाई वेश्यालयमा पु¥याएर वेच्ने काम गरे’, उहाँले भन्नुभयो । चेलि फकिए पछि दलालहरुलाई खोजी खोजी कारवाही गर्ने भन्दै त्यसैका लागि नेकपा–माओवादीले आन्दोलन गर्ने उहाँको दावि थियो ।
दुई दिन सम्म चल्ने सम्मेलनको उद्घाटन सत्रमा माओवादीकी जिल्ला सहइञ्चार्ज अम्विका मुडवरी, नस्वयमसेवक व्यूरोका तामसालिङ् राज्य संयोजक प्रकाश खनाल, राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य जगन्नाथ ढकालले बोल्नुभएको थियो ।
सम्मेलन आगामी नयाँ नेतृत्व चयन गर्दै शनिबार सकिने छ ।

No comments:
Post a Comment
Thanx for your comment