Friday, September 7, 2012

नेपाल डिभिजन थ्रीमा उक्लने लगभग पक्का सुभासको सतकमा अमेरिका ३२ रनले पराजित



२२ भदौ, काठमाडौं । नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा उक्लने लगभग पक्का भएको छ ।
शुक्रबार भएको आफ्नो चौथो खेलमा सुभास खकुरेलको शतकको मदतमा अमेरिकालाई रनले पराजित गरेपछि नेपाल प्रतियोगिताको फाइनल नजिक पुगेको हो । छ टोलीले  एक अर्का विरुद्ध खेलिसक्दा शीर्ष स्दुथानमा रहने दुई टोली डिभिजन थ्रीमा उक्लने छन् भने पुछारमा रहेका दुई टोली डिभिजन फाइभमा घटुवा हुनेछन् ।
प्रतियोगिताको एक मात्र अपराजित टिम नेपालको ४ खेलबाट ८ अंक छ भने समान खेलबाट ६ अंक जोडेको खेलेको सिंगापुर दोस्रो स्थानमा छ । सिंगापुरसँग समान अंक जोडेपनि रन रेटका आधारमा पछि परेको डेनमार्क तेस्रो स्थानमा छ भने ४ अंकका साथ अमेरिका चौथो स्थानमा छ ।
नेपालले अब आइतबार डेनमार्कसँग खेल्नेछ भने अर्को खेलमा सिंगापुर र अमेरिका भिड्ने छन् । डेनमार्कलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्नेछ भने डिभिजन थ्रीका लागि छानिने छ । तर, नेपाल डेनमार्कसँग पराजित हुने र सिंगापुरले अमेरिकालाई पराजित गरे डिभिजन थ्रीमा उक्लन नेपाल रन रेटमा भर पार्नु पर्ने हुन्छ । उसो त अमेरिकाले सिंगापुरलाई पराजित गरे नेपाल डेनमार्कसँग हारेको अवस्थामा पनि नेपाल फाइनलमा पुग्नेछ ।
क्वालालाम्पुरस्थित किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको नेपालले सुभास खकुरेलको सकतको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५८ रन बनायो । १ सय ४२ बलको सामना गरेका प्लेयर अफ दि म्याच खकुरेलले २ छक्का र १० चौकाको मदतमा १ सय १५ रन बनाए । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६, पारस खड्काले ४१ र अनिल मण्डलले २० रन बनाए । अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । प्रदीप ऐरी १४, विनोद दास ७, बसन्त रेग्मी ६ रनमा आउट भए भने सरद भेशवाकर शुन्य रनमा नै पभेलियन फर्किए । शक्ति गौचन र सन्जम रेग्मी समान १-१ रनमा अविजित रहे ।
जवाफमा मैदान उत्रिएको अमेरिका ४८ दशमलव २ ओभरमा २ सय २६ रन जोड्दा अल आउट भयो । उसका लागि सुशील नडकर्नीले ८४ र स्टभेनले ४१ रन जोडेपनि हार टार्न सकेनन् । नेपालका बसन्त रेग्मीले ५ विकेट लिए भने शक्ति गौचन र सन्जम रेग्मीले समान २-२ र अमृत भट्टराईले १ विकेट लिए ।
मलेसिया र तान्जानियाको घटुवा
यसैबीच मलेसिया र तान्जानिया डिभिजन फाइभमा घटुवा भएका छन् । समान ४-४ खेल खेलेको दुबै टोली अंक बिहीन छन् र अन्तिम खेलमा एक आपसमा भिड्ने छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी