रुद्रपुर । प्रगतिशील सामाजिक अभियान रुद्रपुरले आयोजना गरेको चेलिवेटी वेचविखन न्यूनिकरणका लागि तीजगीत प्रतियोगिता एवम् रमाईलो तिज मेला सम्पन्न भएको छ । स्थानीय लुम्विनी ज्ञान निकेत उच्चमाविको प्रागंढमा भएको मेलामा राष्ट्रिय स्तरका कलाकारहरुले तिजका भाकामा स्थानीयलाई नचाएका थिए ।
मेलामा राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपती शर्मा, सपना गाहा, नमराज पाण्डे, नारायण विपी परियारलगायत एक दर्जन कलाकारहरुले तिज गीत गाएका थिए । पाँच हजार दर्शकले अवलोकन गरेको मेलामा भएको प्रतियोगितामा मायादेवी आमा समूह रुद्रपुर–३ ले प्रथम स्थान हाँसिल गरेको छ । त्यस्तै प्रतियोगितामा वुद्ध दीप आवासीय उच्च मावि द्वीतिय र पुष्पाञ्जली दौतरी साथि समूह तृतिय भएका थिए ।
सामुदायीक पुस्तकालय निमार्ण सहयोगार्थ आयोजित मेला तथा प्रतियोगिता संस्थाका अध्यक्ष विधुर ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment