| गत साउन २४ गते चिनीको चास्नी खुवाएका कारण पिप्लेस्थित कृषक सुरेश बस्नेतले पालेका माहुरी मरेपछि दखाउँदै कृषक । |
भरतपुर । चिनीको चास्नी खाएका माहुरीहरु मरेपछि चितवन जिल्ला प्रशासन कार्यालयले गरेको नमुना परीक्षणमा चिनी गुणस्तरहीन भएको प्रमाणित भएको छ । हेटौँडाको क्षेत्रीय खाद्य अनुसन्धान प्रयोगशालामा गरेको परीक्षणमा चिनीमा बाह्य पदार्थ मिसावट भएको पाइएको जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षण इकाइ प्रमुख नवीन देउजाले जानकारी दिनुभयो ।
पूर्वी चितवनको चैनपुर गाविस वडा नं. ९ का सुरेश बस्नेतले पालेको ११० घार माहुरीमध्ये साउन २३ गते राति चिनीको चास्नी खाएका ७३ घार माहुरी मरेका थिए । वर्षायाममा प्राकृतिक पूmलहरु प्रायः फुल्दैनन् । त्यसैले यो समयमा माहुरीहरुलाई बचाउन कृत्रिम आहाराका रुपमा चिनीको चास्नी पकाएर घारमा राख्ने गरिन्छ ।
‘चास्नी खाएपछि माहुरी म¥यो भन्ने सुनेपछि हामीले विभिन्न पसलहरुमा छापा मारेका थियौं । जुटपानी गाविसको वडा नं. ६ मा रहेको जनएकता सहकारी संस्था लिमिटेडले बिक्री गरेको चिनीको नमुना गुणस्तरहीन पाइएको छ’, खाद्य निरीक्षक देउजाले भन्नुभयो । सो चिनी श्रीराम सुगर मिल लिमिटेडले उत्पादन गरेको थियो ।
‘गुणस्तरीय चिनीमा बाह्य पदर्थाको मात्रा शून्य दशमलब एक प्रतिशतभन्दा कम हुनु पर्छ तर सहकारीमा बिक्री हुने चिनीबाट लगेको नमुनामा त्यस्तो मात्रा शून्य दशमलब एक पाँच प्रतिशत पाइयो’, देउजाले जानकारी दिनुभयो । माहुरीपालक सुरेश बस्नेतले भने जुटपानीको उक्त सहकारीबाट चिनी लगेका थिएनन् । सुरेशले लगेको भनेको पसलमा चिनी नै फेला परेको थिएन ।
माहुरी पालक बस्नेतले रत्ननगरको ढकाल किराना पसलबाट चिनी लगेको बताएका थिए । ढकाल किरानाका सञ्चालकले भने निरीक्षण टोलीलाई ओम ट्रेडर्सबाट चिनी ल्याएको तर सकिइ सकेको बताएका थिए । टोली ओम ट्रेडर्समा जाँदा पनि त्यहाँ चिनी फेला परेको थिएन । निरीक्षणकै क्रममा जुटपानीको सहकारीमा एउटा खोलेको र एउटा नखोलेको चिनीको बोरा फेला परेको थियो ।
‘बस्नेतले श्रीराम सुगर मिलले उत्पादन गरेको चिनी किनेको भनेका थिए । उनले किनेको पसलमा चिनी फेला परेन । सहकारीमा त्यही मिलको उत्पादन फेला प¥यो । खोलेको नभई नखोलेको बोराको नमुना परीक्षण गर्दा पनि चिनी गुणस्तरहीन भेटियो’, देउजाको भनाइ छ । श्रीरामकै चिनी जुटपानी खोलेसिमल बजारको विष्ट किराना पसल र नारायणगढमा पनि फेला परेको थियो ।
विष्ट किराना पसलमा १८ बोरा र नारायणगढको अन्नपूर्ण किराना पसलमा तीन बोरा चिनी भेटिएको थियो । श्रीराम सुगर मिल्सले उत्पादन गरेको सो चिनी नबेच्न टोलीले निर्देशन दिएको थियो । सहकारीबाट लगेको नमुनामा गुणस्तरहीन प्रमाणित भएपछि ती दुबै पसलबाट पनि नमुना लगेर परीक्षण गराउने देउजाले जानकारी दिनुभयो ।
गुणस्तरहीन खाद्य पदार्थ बेच्नेलाई पहिलो पटक एक हजारदेखि दुई हजार रुपैयाँसम्म जरिवाना हुन्छ । त्यस्तै घटना दोहरिएमा दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद अथवा कैद र जरिवाना दुबै सजाय हुन सक्छ । जनएकता सहकारीले त्यस्तो चिनी किनेको ठाउँ देखाउन नसके सोही संस्थालाई कारबाही हुने देउजाले बताउनुभयो ।
माहुरी उत्पादक संघले चिनीमा विषादी पनि मिसिएको आशंका गरेको छ । विषादी मिसिए नमिसिएको परीक्षण काठमाडौंमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयायोगशाला (नाष्ट)मा हुन्छ । नाष्टबाट भने प्रतिवेदन आउन बाँकी रहेको देउजाले जानकारी दिनुभयो ।
source : echitwanpost.net

No comments:
Post a Comment
Thanx for your comment