खैरहनी । नदी तथा खाद्य बालीमा प्रयोग गरिने विषादी नियन्त्रणको लागि पूर्वी चितवनस्थित खैरहनीको सुर्तनामा घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ ।
नदीमा विषादीको प्रयोगले जलचर प्राणी तथा खाद्य बालीमा विषादीको प्रयोगले मानव स्वास्थ्य र चरा संरक्षणमा परेको असरलाई मध्यनजर गरी घरदैलो कार्यक्रम सञ्चालन गरिएको हो ।
रुफोर्ड सान अनुदान कार्यक्रमले असार २७ गतेबाट सुरू गरेको घरदैलो कार्यक्रमअन्तर्गत अहिलेसम्म ३०७ घरधुरीमा कार्यक्रम गरिसकिएको छ । खैरहनी गाविस–५ र ६ अन्तर्गत पर्ने चौधरी गाउ“लाई केन्द्रित गरेर कार्यक्रम सञ्चालन गरिएको रुफोर्डकी दीपा पौडेलले जानकारी दिनुभयो ।
कृषि भूमिमा आश्रित चराहरुको संरक्षणको लागि अभियान स्वरुप घरदैलो कार्यक्रम सञ्चालन गरिएको उहा“ले बताउनुभयो । घरदैलो कार्यक्रम सञ्चालनको लागि स्थानीय सरस्वती सेढाईंको नेतृत्वमा युवाहरुको टोली सो क्षेत्रमा खटिएको छ । घरदैलो कार्यक्रममा खटिएको टोलीले घरघरमा पुगेर नदी तथा खाद्य बालीमा विषादीको प्रयोग गर्दा हुने बेफाइदाको बारेमा जानकारी गराउने गरेका छन् ।
संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको रुफोर्ड सान अनुदान कार्यक्रमले विषेशगरी कृषि भूमिमा आश्रित चराहरुको संरक्षणको लागि खाद्य बालीमा प्रयोग गरिने विषादी नियन्त्रण गर्न घरदैलो कार्यक्रममार्फत किसानहरुलाई चेतना अभिवृद्धि गराइने रुफोर्डकी पौडेलले जानकारी दिनुभयो ।
घरदैलो कार्यक्रममा खटिएको टोलीले बालीनालीमा विषादीको विकल्पमा जैविक विषादी र जैविक मल प्रयोगमा ल्याउन किसानलाई आग्रहसमेत गर्ने गरेको टोलीको नेतृत्व गरेकी सरस्वती सेढाईंले बताउनुभयो । टोलीले त्यतिमात्र होइन घरदैलोका क्रममा वन्यजन्तु संरक्षणको मह¤व र संरक्षण गर्नुपर्ने कारणको विषयमा पनि जानकारी गराउने गरिएको उहा“ले बताउनुभयो ।
घरघरमा पुगेको टोलीलाई किसानहरुले जैविक विषादी र मलको सहज आपूर्ति हुन नसकेकाले कडाखालको विषादी प्रयोग गर्नु परेको गुनासो गरेका थिए । त्यहाँका झण्डै पाँच सय घरधुरीमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना रहेको रुफोर्डकी पौडेलले जानकारी दिनुभयो ।
सो चौधरी टोल सामुदायिक वनसँग वञ्चित रहेको क्षेत्र हो । सामुदायिक वनसँग वञ्चित रहेकाले सो गाउ“का बासिन्दालाई संरक्षणको बारेमा कुनैपनि ज्ञान छैन । संरक्षणको बारेमा ज्ञान नहु“दा सो क्षेत्रमा बसोवास गर्ने चौधरी समुदायका मान्छेले नदीमा माछा मार्न विषादी हाल्नेक्रम बढ्न थालेपछि घरदैलो कार्यक्रम गरिएको रुफोर्डले जनाएको छ ।

No comments:
Post a Comment
Thanx for your comment