भरतपुर । एकीकृत नेकपा माओवादी विभाजित भएपछि जिल्ला पार्टी कार्यालय चितवनको विषयमा हँुदै आएको विवाद अन्त्यका लागि समिति गठन भएको छ ।
दुबै माओवादीका दुई÷दुई जना सदस्य रहेको सम्पत्ति मूल्याङ्कन समिति गठन भएको हो । एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीका केन्द्रीय नेताहरुबीच भएको छलफलपछि दुबै पार्टीका जिल्ला इन्चार्ज र राज्य इन्चार्ज सदस्य रहेको चार सदस्यीय सम्पत्ति मूल्याङ्कन समिति गठन भएको चितवन जिल्ला सहइन्चार्ज अम्बिका मुडभरीले जानकारी दिनुभयो ।
दुबै दलका नेताहरुबीच पार्टी कार्यालयमा रहेको प्रहरी हटाउने सहमति पनि भएको उहाँले बताउनुभयो । पार्टी विभाजनसँगै कृष्णपुरस्थित पार्टी कार्यालयमा दुबै पक्षका कार्यकर्ताहरुले आफ्नो दावी गरेपछि झडपको स्थितिसमेत उत्पन्न भएको थियो ।
विवादले हिंसाको रुप लिन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले पार्टी कार्यालयलाई सुरक्षा दिँदै आइरहेको छ ।

No comments:
Post a Comment
Thanx for your comment